ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ


एबीसी न्यूज
माघ १६, २०८२ शुक्रबार  ११ : २४ बजे

काठमाडौं, १६ माघ । आज देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी शहीद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदानी दिएका शहीदहरूलाई स्मरण गर्दै हरेक वर्ष माघ १६ गते यो दिवस मनाइन्छ ।

मुलुकमा जहानियाँ राणाशासन रहेका बेला प्रजातन्त्र ल्याउन आफ्नो जीवन त्याग गर्ने चार शहीद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको सम्झनामा यो दिवस मनाउने गरिन्छ । विसं २०१२ देखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको थियो ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै विसं १९९७ मा चारै जनालाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । राणा शासकले त्यो वर्षको माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, माघ १६ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिएको थियो । शहीदको त्यो बलिदानको प्रेरणाले सुरु भएको क्रान्तिको बलमा त्यसको १० वर्षपछि विसं २००७ मा नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

यसैक्रममा त्यसअघि र त्यसपछि देश, लोकतन्त्र, गणतन्त्रका लागि ज्यानको आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञातहरूलाई पनि सम्झिने गरिन्छ । यसैक्रममा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह पनि मनाइन्छ ।

यसवर्षको शहीद दिवसमा बिहानै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीदेखि राज्यका पदाधिकारी, विभिन्न राजनीतिक दलका नेतासम्मले शहीदको बलिदानलाई स्मरण गरेर भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

यस अवसरमा राष्ट्रपति पौडेलले नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि शहादत प्राप्त गरेका शहीदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन सबैसँग आग्रह गरे ।

‘नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा सामन्ती, निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका विभिन्न आन्दोलनहरुमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरंगनाहरूप्रति सम्झना गर्दै हरेक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रूप्मा हामीले मनाउँदै आएका छौँ,’ राष्ट्रपतिले सन्देशमार्फत् भनेका छन्,‘महान् शहीदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास लिएको छु ।’

प्रधानमन्त्री कार्कीले अब पनि कुनै नेपाली आमाको काख रित्तिन नहुने भन्दै शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गरेकी छन् । ‘शहीदहरूको साहस, चेतना र संकल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ,’ प्रधानमन्त्री कार्कीद्वारा जारी सन्देशमा भनिएको छ,‘अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्। न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेन–जी आन्दोलनमा शहादत प्राप्त वीर योद्धाहरूलाई पनि नमन ।’

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै विसं १९९७ मा चारै जनालाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । राणा शासकले त्यो वर्षको माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, माघ १६ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिएको थियो ।
प्रधानमन्त्री कार्कीको सन्देशमा शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व प्रत्येक शासकको स्मरणमा सदा रहनुपर्नेमा जोड दिइएको छ ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीदको बलिदान र कम्युनिस्ट–कांग्रेसको आन्दोलनको उपज आजको लोकतान्त्रिक अधिकार रहेको टिप्पणी गरेका छन् । फेसबुकमार्फत जारी सन्देशमा उनले भनेका छन्, ‘आजको समयमा उभिएर हेर्दा यो दिन केवल क्यालेन्डरको एउटा मिति जस्तो लाग्छ। तर अलि अगाडिको समय कस्तो थियो भनेर हेर्ने हो भने हामीले अहिले उपभोग गरेको स्वतन्त्रता कसरी प्राप्त भएको भन्ने थाहा पाउँछौँ ।’

निरंकुश र जहानियाँ शासनको ठाउँमा आजको लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ शहीदको बलिदानबाट रोपिएको उनले उल्ल्ेख गरेका छन् । ‘त्यसपछि कम्युनिस्ट र कांग्रेसको संयुक्त आन्दोलनको उपज हो आज समाजले पाएको लोकतान्त्रिक अधिकार । यस ऐतिहासिक विरासतलाई स्मरण गर्दै अमर शहीदहरू दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ उनले भनेका छन् । अमर शहीदको बलिदानको मूल्य कसैले नभुल्ने बताउँदै उनले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गरिने बताएका छन् ।

नेपाली कांग्रेसका सभापति गगन थापाले शहीदहरूले देखेको बाटोमा हिँड्न सबैले प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । उनले नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि लडेका २००७ सालको जनक्रान्तिअघिदेखि २०८२ को जेन–जी विद्रोहसम्मको इतिहास सम्झेका छन् ।

शहीद दिवसका अवसरमा जारी सभापति थापाको सन्देशमा संविधानसभाबाट निर्मित ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’मा लिपिबद्ध जनअधिकारलाई प्रभावकारी कार्यान्वयन र समयसापेक्ष परिमार्जन गर्नुपर्ने उल्लेख छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र शाह९बालेन०ले ८५ वर्षसम्म पटक–पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको टिप्पणी गर्दै अब शहीदका सपना साकार पार्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताएका छन् ।

पटक–पटक नेपाली जनता शहीद भए पनि शहीदका सपना पूरा हुन नसकेको उनले बताएका छन् । ‘८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेन–जी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुप¥यो,’ बालेनले भनेका छन् ।

अहिले आफूहरू शहीदका सपना पूरा गर्ने बाटोमा अघि बढेको बालेनले दाबी गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘लामो समयसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

सम्बन्धित

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com