ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेन युद्धमा २० लाख सेना मारिएको एक अध्ययनको अनुमान


एबीसी न्यूज
माघ १४, २०८२ बुधबार  ३ : ३४ बजे

काठमाडौं । युक्रेन युद्ध सुरु भएको करिब चार वर्ष पुग्नै लाग्दा रूसी र युक्रेनी सेनातर्फका मृतक, घाइते र बेपत्ता सैनिकको संख्या झण्डै २० लाख नजिक पुग्ने देखिएको छ। वाशिङ्टनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीआइएसआइएस) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टले युद्धको भयावह मानवीय मूल्य सार्वजनिक गरेको हो ।
अध्ययनअनुसार अहिलेसम्म करिब १२ लाख रूसी र झण्डै ६ लाख युक्रेनी सैनिक या त मारिएका छन्, घाइते भएका छन् वा बेपत्ता भएका छन्। दुवै पक्षको कुल सैन्य क्षति करिब १८ लाख नजिक पुगेकोमा यो वसन्तसम्म २० लाख पार गर्ने सम्भावना रहेको अध्ययनले जनाएको छ।
युद्धभर सैनिक क्षतिको यकिन तथ्यांक निकाल्न कठिन हुँदै आएको छ। रूसले आफ्ना मृतक र घाइतेको संख्या कम देखाउने गरेको आरोप लाग्दै आएको छ भने युक्रेनले आधिकारिक तथ्यांक सार्वजनिक गर्दैन। सीएसआइएस ले अमेरिकी र बेलायती सरकारका अनुमानसहित विभिन्न स्रोतलाई आधार मानेर अध्ययन तयार पारेको जनाएको छ।
अध्ययनले युक्रेनमा रूसले गरेको प्रगति अत्यन्तै सीमित रहेको पनि देखाएको छ। कतिपय स्थानमा रूसी फौज दिनमा केवल ५० देखि २३० फिट मात्र अगाडि बढ्न सफल भएका छन्। सन् २०२४ जनवरी यता रूसले युक्रेनको जम्मा १.५ प्रतिशत भूभाग मात्र कब्जा गरेको अध्ययनको निष्कर्ष छ। हाल रूसले युक्रेनको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा राखेको छ।
कठोर जाडोका कारण दुवै पक्षका सैनिक गतिविधि सुस्त भए पनि पूर्वी युक्रेनका लुहान्स्क र डोनेत्स्क क्षेत्रमा रूसले क्रमिक, तर पीडादायी रूपमा अगाडि बढ्ने प्रयास जारी राखेको छ। त्यहाँ पूर्ण नियन्त्रण लिने लक्ष्यसहित लडाइँ जारी छ।
युद्ध रणनीतिमा परिवर्तन
ड्रोनको व्यापक प्रयोगले युद्धको स्वरूप नै बदलिएको छ। आकाशमा निरन्तर ड्रोनको निगरानी हुने भएकाले रूसले ठूला ट्यांक र भारी हतियारको प्रयोग घटाउँदै साना समूहमा मोटरसाइकल वा पैदल सैनिक पठाउने रणनीति अपनाएको अध्ययनले जनाएको छ। युक्रेनी पक्षले भने हिउँमा देखिने पाइला र टायरका चिन्हका आधारमा रूसी सैनिकको गतिविधि पहिचान गर्ने गरेको छ।
वार्ता भए पनि भविष्य अनिश्चित
यो अध्ययन सार्वजनिक हुनुभन्दा केही दिनअघि रूस, युक्रेन र अमेरिकाका अधिकारीहरूबीच पहिलोपटक त्रिपक्षीय वार्ता भएको थियो। ती वार्ता शनिबार अपेक्षाकृत सकारात्मक नोटमा टुंगिएको थियो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ले वार्तामा केही प्रगति भएको र थप छलफलका लागि युक्रेन तयार रहेको बताए। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभ ले पनि वार्ता आगामी साता पुनः सुरु हुने बताएका छन्।
अमेरिका र युक्रेनबीच शान्ति योजनाका धेरै बुँदामा सहमति भए पनि रूस त्यसमा सहमत हुन्छ कि हुँदैन भन्ने अझै स्पष्ट छैन।
मृतकको संख्या अझै बढ्दो
सीएसआइएस का अनुसार सन् २०२२ फेब्रुअरी मा राष्ट्रपति भ्लादिमिर पुटिन ले युक्रेनमाथि आक्रमण आदेश दिएयता रूसी सैनिक मृतकको संख्या मात्रै करिब ३ लाख २५ हजार पुगेको छ।
“दोस्रो विश्वयुद्धयता कुनै पनि प्रमुख शक्तिले यति ठूलो संख्यामा सैनिक क्षति व्यहोरेको छैन,” अध्ययनमा उल्लेख गरिएको छ।
केवल २०२५ मा मात्रै रूसतर्फ करिब ४ लाख १५ हजार सैनिक मारिएका वा घाइते भएका छन् । औसतमा एक महिनामा करिब ३५ हजार सेना मारिएको अनुमान छ। गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले युक्रेन युद्धमा महिनामा झण्डै २६ हजार सैनिकको मृत्यु भइरहेको दाबी गरेका थिए।
युक्रेनतर्फ भने युद्ध सुरु भएयता करिब १ लाखदेखि १ लाख ४० हजार सैनिक मारिएको अनुमान गरिएको छ।
जनशक्ति र अर्थतन्त्रमा दबाब
युद्धभूमिमा रूसी सैनिक युक्रेनीभन्दा करिब तीन गुणा बढी छन्। ठूलो जनसंख्या भएकाले रूसले क्षतिपूर्ति गर्न तुलनात्मक रूपमा सजिलो माने पनि युक्रेनले आफ्नो सानो सेनाको ठूलो हिस्सा गुमाइरहेको अध्ययनले देखाएको छ।
रूसले उच्च क्षति हुँदाहुँदै पनि दोस्रो विश्वयुद्धपछि पहिलोपटक व्यापक सैन्य भर्ती (ड्राफ्ट) गरेर, कैदी र ऋणीलाई सेनामा भर्ती गरेर तथा नयाँ सैनिकलाई बोनस दिएर सेना संख्या कायम राखेको छ।
यस युद्धमा उत्तर कोरियाका करिब १५ हजार सैनिक पनि रूसका पक्षमा लडेको बताइएको छ । त्यो विशेषगरी रूसको कुर्स्क क्षेत्रमा भएको लडाईंमा सामेल भएको देखिएको छ । । दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार त्यसमध्ये सयौं उत्तर कोरियाली सैनिक मारिएको अनुमान छ।
के कमजोर बन्दैछ रूस ?
अध्ययनका सहलेखक सेथ जी. जोन्स का अनुसार युद्धले रूसको अर्थतन्त्रमा पनि गहिरो असर पारेको छ। रूसको युद्ध–आधारित अर्थतन्त्र “गम्भीर दबाबमा” रहेको, उत्पादन घटेको, २०२५ मा आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सीमित भएको र दीर्घकालीन उत्पादकत्व बढाउने खालका विश्वस्तरीय प्रविधि कम्पनीहरूको अभाव रहेको अध्ययनले जनाएको छ।
जोन्सका अनुसार, उच्च सैन्य क्षति, सुस्त भू–प्रगति र आर्थिक क्षतिले रूसलाई कमजोर बनाएको स्पष्ट संकेत दिन्छ।
“युक्रेनमा रूसको कमजोर सैन्य प्रदर्शन र घट्दो आर्थिक उत्पादकत्वले देखाए अनुसार रूस प्रमुख शक्तिको हैसियतमा गम्भीर अवनतितर्फ छ,” उनले इमेलमार्फत बताएका छन्। “रूससँग अझै परमाणु हतियार र ठूलो सेना भए पनि सैन्य, आर्थिक र विज्ञान–प्रविधिका अधिकांश क्षेत्रमा अब यो ‘महान शक्ति’ रहेन।”
— एजेन्सी–न्युयोर्क टाइम्सको रिपोर्टमा आधारित

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

युक्रेन युद्धमा २० लाख सेना मारिएको एक अध्ययनको अनुमान

सम्बन्धित

मधेशका ३२ सिट : पुराना दलको बर्चस्व कि नयाँको उदय?

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

चन्द्रमामा ‘विश्वकै पहिलो होटल’ : २१ वर्षीय युवकको महत्वाकांक्षा, $२.५ लाख डिपोजिटबाट सुरु भयो बुकिङ !

पाँचथरमा नयाँ उम्मेदवारहरूबीच तीव्र चुनावी भिडन्त : पुराना अनुहारहरू बाहिरिए, १५ दल मैदानमा

विचार र सिद्धान्त छैन, सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ– प्रचण्ड

समानुपातिक मतदानका लागि २ करोड ८ लाख मतपत्र छापियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com