ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली


एबीसी न्यूज

काठमाडौं, ११ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक डिबेट ९सार्वजनिक बहस० का लागि आफू तयार रहेको बताएका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिने मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्न आफू तयार रहेको उल्लेख गरेका छन् ।

उनले यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको बताउँदै त्यस्तो ‘पब्लिक डिबेट’ आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन्– यसपालिको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरू पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ रु सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक छ।’

अध्यक्ष ओलीले फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति बढेकाले पब्लिक डिबेटको माग भएको हुनसक्ने भन्दै आमनेसामने उभिएर यसअघि हामीले के के गर्‍यौँ भन्ने तथ्य र अब कसरी काम गर्छौँ भन्ने एजेण्डा प्रस्तुत गर्न आफू तयार रहेको स्पष्ट पारेका छन् ।

देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी एमाले देश बनाउने तर्फबाट मैदानमा रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रियसभा सदस्यका लागि मतदान जारी

नेपालको निर्वाचन प्रक्रिया : एमालेको असंवैधानिक सरकारप्रतिको सन्देह र राजनीतिक ध्रुवीकरण (भिडियोसहित)

सम्बन्धित

राष्ट्रियसभा सदस्यका लागि मतदान जारी

नेपालको निर्वाचन प्रक्रिया : एमालेको असंवैधानिक सरकारप्रतिको सन्देह र राजनीतिक ध्रुवीकरण (भिडियोसहित)

राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिममा सुरु भयो मतदान

रुपन्देहीमा ग्यास सिलिन्डर विस्फोट, २८ वर्षीय युवकको मृत्यु

एमालेले जनतालाई प्रश्न सोधेर भोट माग्ने रणनीति के हो ? : रणनीतिकार विष्णु रिमालसँगको विस्तृत व्याख्या (भिडियो )

राष्ट्रिय सभा सदस्यको चुनाव आज: बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com