काठमाडौं, ७ पुस । सुनचाँदीको भाउले आज कीर्तिमान बनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ८४ हजार ७ सय रुपैयाँ थियो ।
सुनसँगै आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर तोलाको ५ हजार ९ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ८ सय ८० रुपैयाँ थियो ।








प्रतिक्रिया दिनुहोस्