नयाँ दिल्ली, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासकै बलियो सरकार भएको बताउनु भएको छ ।
जनताको विश्वास र भरोसाको जनमतले बनेको सरकार भएकोले अब सबै प्रवासी नेपाल फर्कने वातावरण सरकारले बनाउने बताउनुभयो । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री ओलीले शुक्रबार दिल्लीस्थित नेपाली राजदुतावासमा प्रवासीलाई सम्बोधन गर्नेक्रममा यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले समानता र अहस्तक्षेपका आधारमा दुई छिमेकी मुलुकसंग सम्बन्ध प्रगाढ हुने बताउनु भएको छ । छिमेकीहरुसंगको सहकार्यबाट आर्थिक समृद्धि संभव भएकोले सम्बन्ध पनि पंचशिलताको सिद्धान्तको आधारमा अघि बढ्न बताउनुभयो ।
अब समृद्धिको यात्रामा मुलुक अघि बढ्ने दावी गर्दै अब नेपाल बन्नमा कसैले रोक्न नसक्ने दावी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्