सिन्धुपाल्चोक, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधि सभा–१ का लागि युवा समाजसेवी तथा जलउद्योग प्रवर्धक भरत प्रसाद पराजुलीले आफ्नो उम्मेदवार दिएका छन् ।
उनले आफने जित सुनिश्चि भएको दावी गरेका छन् । उनले आफुले र आफ्नो पार्टीले देश बनाउन खाका बोकेको हुदा सवैले रास्वपामा मतदान गर्ने बताए ।
बलेफी गाउँपालिकाबासी समेत रहेका पराजुली लामो समयदेखि राजनीतिमा सक्रिय रहदै आएका छन्। प्रतिनिधि सभा–२ मा अजय श्रेष्ठले टिकट पाएको रास्वपा जिल्ला कार्यसमितिले जनाएको छ । यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा १ मा माधव सापकोटा र प्रतिनिधि सभा २ मा युवराज दुलाललाई टिकट दिएको छ ।
नेकपा एमालेले प्रतिनिधि सभा १ मा होमनारायण श्रेष्ठ र प्रतिनिधि सभा–२ मा शेरबहादुर तामाङलाई टिकट प्रदान गरेको पूर्व केन्द्रीय सदस्य सरेश नेपालले बताए । नेपाली काँगे्रसले भने दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवार छनौट गर्न सकेको छैन ।








प्रतिक्रिया दिनुहोस्