नयाँ दिल्ली, चैत्र २३ । नेपाल उद्योगी व्यवसायी महासंघकी अध्यक्ष राणाले नेपालमा अव लगानी बढाउन ढिला नगर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गनुभएको छ । अध्यक्ष राणाले नेपालमा स्थिर सरकार बन्ने र प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् मुलुकभित्र आर्थिक वृद्धि, रोजगारी सृजना र सुशासन कायम गर्न प्रतिवद्ध रहनुभएकोले भारतीय लगानीकर्ताहरूलाई नेपाल लगानीको लागि आग्रह गर्नु भएको हो ।
भारतिय उद्योगी व्यवसायीहरुको छलफलमा अध्यक्ष राणाले हामीसग रहेको अपार स्रोतहरुको अधिकतम उपयोग गर्ने सकिने हुनाले ढुक्क भएर नेपालमा लगानी गर्न आवहन गर्नु भएको हो । यस्तै अध्यक्ष राणाले नेपाल भारत बीचको आर्थिक तथा व्यवसायिक सम्बन्धलाई नयां शिराबाट अगाडी बढाउनु पर्ने बताउनु भयो ।
भारत अत्यन्त नजिकको छिमेकी तथा विश्व अर्थतन्त्रमा शक्तिशाली राष्ट्रको रुपमा अगाडी बढीरहेको मित्रराष्ट्र भारतबाट नेपालमा पर्याप्त लगानी तथा प्रविधिको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको अध्यक्ष राणाले भनाइ थियो ।
आर्थिक समृद्धिको मार्गमा भर्खर अगाडी बढ्ने तरखरमा रहेको नेपालका लागि यतिखेर भारतसगको व्यापार घाटा अत्यन्त चिन्ताको विषय रहेको भन्दै अध्यक्ष राणाले भारतीय लगानीकर्ताहरूको सहयोगमा नेपालको समृद्धिको चाहनालाई पुरा गर्न भारतीय लगानीकर्ताहरूलाई नेपालमा पर्याप्त लगानी बढाउन अपिल समेत गर्नु भएको थियो ।
महासंघका अध्यक्ष राणाको नेतृत्वमा महासंघका विशिष्ट सदस्य एवं पुर्व अध्यक्ष चण्डिराज ढकाल, पुर्व अध्यक्ष रविभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू उमेश लाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल लगायतको टोली प्रधानमन्त्री ओली संग भारत भ्रमणमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्