ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित


एबीसी न्यूज
माघ ४, २०८२ आईतबार  ४ : १५ बजे

काठमाडौं, ४ माघ । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्यान्डसँग आठ विकेटले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १६ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै जित हासिल गर्‍यो । थाइल्यान्डका लागि नथाकन चन्थमले अविजित ५७ रनको योगदान दिइन् ।

उनले २९ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै ५७ रनको योगदान दिइएकी हुन् ।नानपत कोन्चारोन्काईले ३२ र अफिसरा सुवानचोनराथीले २८ रन बनाइन् ।

बलिङतर्फ नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २२ रनको योगफल बनाएको थियो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् ।

उनले ५६ बलमा छ चौका प्रहार गर्दै ४४ रन बनाइन् । त्यस्तै सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन भने पूजा महतोले १२ रन बनाइन् । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।थाइल्यान्डका लागि थिपात्चा पुथावङले सर्वाधिक तीन विकेट लिइन् भने ओन्निता कामचोम्पुले दुई र चनिँदा सुथ्थरुवाङ सुलीपोर्न लाओमी र सुनीदा चातुरोग्रातानाले समान एक र एक विकेट लिएका हुन् । नेपाल आफ्नो दोस्रो खेल यही माघ ८ गते नेदरल्यान्डसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले अहँकार देखायो ः नेकपा सांसद, शर्मा , भिडियो

शुल्क र गुणस्तर विवादबीच विदेशी कलेजमाथि कडाइको तयारी

सम्बन्धित

नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै बेलायत

नेपालले अमेरिकालाई १२२ रनले हरायो

घरेलु मैदानमा नेपालको शानदार पुनरागमन: लिग २ मा १२ अंकको छलाङ

काभा महिला भलिबल च्याम्पियन आजदेखि, घरमै ट्रफी भित्र्याउने नेपालको लक्ष्य

लिग–२ क्रिकेटः स्कटल्यान्डलाई हराउँदै अमेरिका शीर्ष स्थानमा

आईपीएल क्रिकेटमा राजस्थानले लखनउलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com