ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकमा अब आर्थिक क्रान्ति र समृद्धिको समय आयो: मुख्यमन्त्री पौडेल


admin
चैत्र २३, २०७४ शुक्रबार  ३ : ४५ बजे

चितवन, २३ चैत । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा अब आर्थिक क्रान्ति र समृद्धिको समय आएको बताउनुभएको छ ।

उद्योग संघ चितवनले आयोजना गरेको पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनीको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले अधिकारको लडाइँ सकिएकाले अब आर्थिक क्रान्ति गर्नुपर्ने बताउनुभयो ।

चितवन र मकवानपुरलाई आर्थिक क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको बताउँदै मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ मा शक्तिखोरको औद्योगिक क्षेत्रबाहेक अन्यत्र पनि औद्योगिक क्षेत्रको आवश्यकता रहेको बताउनुभयो । भूगोल र आवश्यकताअनुसार औद्योगिक क्षेत्र निर्माण गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।

मुलुकलाई कसरी औद्योगीकरणतर्फ लैजाने भन्ने विषयमा सोच्न जरुरी रहेको उहाँले बताउनुभयो । यसका लागि औद्योगिक वातावरण बनाउन आफू लागिपरेको उहाँको भनाइ थियो ।

सोही अवसरमा प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्योगीको समस्या समाधान गर्नका लागि प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

उद्योग परिसंघ प्रदेश नं ३ का संयोजक ऋषिराम घिमिरे, नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, नेकपा (एमाले)की जिल्ला सहसचिव सूर्य बदना हमाल, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का द्रोणबाबु सिवाकोटी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानलगायतले बोल्नुभएको थियो ।

आजदेखि शुरु भई चैत २७ गतेसम्म सञ्चालन हुने औद्योगिक प्रदर्शनीमा दुई सय आधुनिक सुविधासम्पन्न स्टल रहेको मूल आयोजक समितिका संयोजक भेषराज दुवाडीले जानकारी दिनुभयो ।

संघको अगुवाइमा निर्माणाधीन औद्योगिक प्रदर्शनी स्थलमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको मुख्य विशेषताको रुपमा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट, औद्योगिक व्यवसाय परामर्श, मेसिन उपकरणको प्रदर्शनी, उत्पादनमूलक उद्योग, रोजगार प्रवद्र्धन, कृषि तथा पशुजन्य उत्पादन, युवा उद्यमीका लागि फरकफरक परिसर रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले गरिव भगाउने नीति लिएको भन्दै सांसदहरुको आक्रोश

अर्थ समितिले आ.व.२०८३/८४ को बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने

सम्बन्धित

दोलखाको मालु मतदान केन्द्रमा तनाव: एमाले–रास्वपाको नाराबाजी

रेनु दाहालको अपिल– ‘कामबाट प्रमाणित, इमानदार जनप्रतिनिधि छान्नुहोस्’

धादिङ–२ : कांग्रेसको विरासत जोगाउने र एमालेको फर्किने दाउ,

धादिङ–१ : वामपन्थीहरुको गढमा आशिकाको इन्ट्रीले रोचक बन्दै चनुावनी मैदान

निषेधाज्ञासँगै त्रिभुवन विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com