ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनपीएलमा आज दुई खेल हुँदै


एबीसी न्यूज

काठमाडौं,, ११ मंसिर । नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदैछन् ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा प्रतियोगिताको अपराजित टोली सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्स खेल्नेछ ।
सुदूरपश्चिमले अहिलेसम्म खेलेका तीनवटै खेलमा अपराजित रहँदै अंकतालिकाको शीर्ष स्थानमा छ । लुम्बिनीविरुद्ध मैदान उत्रिँदा सुदूरपश्चिम यही लय कायम राख्ने लक्ष्यमा हुनेछ । सुदूरपश्चिमले यसअघि काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको, पोखरा एभेन्जर्सविरुद्ध १८ रनको र कर्णली याकक्सविरुद्ध ४५ रनको जित निकालेको थियो ।

यता, लुम्बिनी लायन्सको प्रदर्शन भने मिश्रित छ । तीन खेल खेल्दा लुम्बिनीले एक जित र दुई हार व्यहोरेको छ । आजको खेलमा पनि हार व्यहोरे लुम्बिनीको प्लेअफ समीकरण कठिन बन्नेछ । लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

दोस्रो खेलमा कर्णाली याक्सविरद्ध नौ विकेटको र तेस्रो खेलमा काठमाण्डू गोर्खाजसँग २२ रनले पराजित भएको थियो । त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ । आजै हुने दोस्रो खेलमा अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्ससँग खेल्दैछ । जनकपुर र पोखरा दुवै टिमले यस सिजनमा अहिलेसम्म जित निकाल्न सकेका छैनन् ।

दुवै टिमले यसअघि दुई खेल खेले पनि जितविहीन छन् । जनकपुरले पहिलो खेलमा काठमाण्डू गोर्खाजसँग पाँच विकेटको र दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध नौ रनको हार व्यहोरेको थियो । यता, पोखरा भने पहिलो खेलमा विराटनगरसँग ५३ रनले र दोस्रो खेलमा सुदूरपश्चिमसँग १८ रनले पराजित भएको थियो ।

त्रिवि मैदानमै हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ । यसअघि हिजोको खेलमा चितवन राइनोजले विराटनगर किङ्सको अपराजित यात्रामा ब्रेक लगाएको थियो । चितवनले विराटनगरलाई ४८ रनले हराएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

सम्बन्धित

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

प्रत्यक्षतर्फ ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै : समग्रमा महिला उम्मेदवार न्यून

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com