ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात


एबीसी न्यूज
मंसिर २, २०८२ मंगलबार  ८ : २६ बजे

काठमाडौँ, २ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार भएको दिनको दोस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ।टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले एनपिएल इतिहासकै उच्च २ सय २१ रनको लक्ष्य पोखरासमक्ष दिएको थियो। उक्त लक्ष्य पछ्याएको पोखरा १८।५ ओभरमा १ सय ६७ रनमा समेटियो।पोखराले राम्रो सुरुवात गरे पनि मध्य क्रम र पछिल्लो क्रम लगातार विकेट पतन हुँदा ७ बल अगाडि नै अलआउट हुन पुग्यो। पोखराका लागि कुशल भुर्तेलको ५९ रन सर्वाधिक रह्यो। उनले ३१ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरेका थिए।त्यस्तै, एडम रोसिङ्गटनले २१ बलमा ३९ रन बनाएका थिए। उनले भुर्तेलसँग दोस्रो विकेटका लागि ७६ रनको विष्फोटक साझेदारी गर्दै पेभिलियन फर्किए।तर, रोसिङ्गटन आउट भएपछि क्रिजमा आएका जिम्मी निसम र त्रित राज दास तथा किरण ठगुन्नाको विकेट गुमाउन पुग्दा टोली दबाबमा परेको थियो। उसका लागि थप दोहोरो स्कोरका रुपमा अभिषेक तावरीको ११ र डन डथह्वाइटको २९ रन रहेको थियो।पोखरालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछाने, शुभम् रञ्जन, प्रतिश जिसी र मर्चेन्ट डि लङले २(२ विकेट लिए। त्यस्तै, बसिर अहमद र सूर्य तामाङको नाममा १÷१ विकेट रहेको छ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २० रन बनाएको थियो।विराटनगरका लागि ओपनर लोकेश बमले ४८ बलमा १ चौका र ७ छक्काको सहयोगमा ७२ रन बनाउँदा मार्टिन गुप्टिलले ३५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ६१ रनको विष्फोटक इनिङ्स खेलेका थिए। यी दुईबीच दोस्रो विकेटका लागि १ सय ३२ रनको साझेदारी भएको थियो।त्यस्तै, शुभम् रञ्जनले ३८ रन बनाउँदा बसिर अहमदले २३ रन बनाए। त्यस्तै, नारायन जोशी ११ रनमा नटआउट रहे।पोखराका लागि म्याट टेलरले २ विकेट लिँदा सागर ढकाल, आकाश चन्द र कुशल भुर्तेलले १(१ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव हारेपछि सभापतिबाट राजीनामा दिने मनस्थितिमा गगन

फेसबुकमा ‘भाइरल’ उम्मेदवारलाई मतदाताले पत्याएनन् : धमला ६५५ मतमा सीमित

सम्बन्धित

चुनाव हारेपछि सभापतिबाट राजीनामा दिने मनस्थितिमा गगन

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?

धनुषा– १ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश

फेसबुकमा ‘भाइरल’ उम्मेदवारलाई मतदाताले पत्याएनन् : धमला ६५५ मतमा सीमित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com