नयाँ दिल्ली, २२ चैत्र । भारतीय बरिष्ठ पत्रकार आनन्द बर्माले भारतीय नाकाबन्दी गम्भीर गल्ती भएको बताउनु भएको छ । भारतीय शासकहरुले नेपालमाथि लगाइएको नाकाबन्दी अब कहिल्यै नहो-याउन सुझाव समेत दिनुभएको छ ।
नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि भारतीय शासकहरुले नयाँ ढंगबाट सोच्ने अवस्था आएको बताउदै प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण सम्बन्ध सुधारको उपयुक्त समय भएको पत्रकार बर्माको विचार छ ।
भारतीय शासकहरुको नेपाल हेर्ने गलत नीतिको विरुद्ध नेपालको सरकार दल र जनताबीच एकता भने अपरिहार्य रहेकोपत्रकार बर्माको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्