ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कस्तो छ, प्रधानमन्त्री ओलीको भारत भ्रमण तालिका ?


admin

काठमाडौ, २२ चैत्र । दोस्रो पटक प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारतबाट सुरु हु“दैछ । प्रधानमन्त्री ओली तीन दिने भारत भ्रमणका लािग चैत २३ गते बिहान ९ बजे त्रिभुवन विमानस्थलबाट भारत प्रस्थान गर्नेछन् ।

दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे लगतै प्रधानमन्त्री ओली सीधै राष्ट्रपति भवन पुग्नेछन । राष्ट्रपति भवनमा केहीबेरको आरामपछि भारतीय उद्योगी व्यवसायीसंगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको छ । अन्तरक्रिया कार्यक्रममा नेपालमा लगानीबारे प्रधानमन्त्री ओलीले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की)द्वारा आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अन्तरक्रिया कार्यक्रमपछि प्रधामन्त्री ओली दिवाभोजमा सहभागी हुने बताइएको छ ।

भारतीय राजनीतिक दलका नेताहरुले राष्ट्रपति भवनमै प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयल बताइएको छ । भेटमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भारतीय जनता पार्टीका शीर्ष नेता, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेताले भेट्ने कार्यक्र तय गरिएको छ ।

सोही दिन सा“झ बाह्रखम्बारोडस्थित नेपाली दुतावासमा नेपाली समुदायसग भेटवार्ता गर्ने र नेपाली दुतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा उनी सहभागी हुनेछन् । रात्रिभोजमा दिल्लीस्थित कूटनीतिक नियोग र राजनीति सम्बद्ध व्यक्तिहरु सहभागी हुने बताइएको छ । दुतावासले भारतका प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेता, पूर्वमन्त्री, नेपालका लागि पूर्वराजदूतलगायतलाई पनि निमन्त्रणा गरेको बताएको छ ।

भ्रमणको दोस्रो दिन चैत २४ गते बिहानै राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच केहीबेर वार्ता हुने बताएको छ । दुई प्रधामन्त्रीको बार्तापछि भारतीय सेनाले उच्च सैनिक गार्ड आफ् अनर दिने कार्यक्रम तय भएको छ । गार्ड अफ अनर कार्यक्रमलगतै भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा परराष्ट्रमन्त्री बैंकया नायडुसंग शिष्टाचार भेट हुने बताइएको छ । त्यसपछि प्रधानमन्त्री ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल जाने कार्यक्रम छ ।

राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा दीप प्रज्ज्वलन गरेपछि हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच वन टु वन वार्ता हुने बताइएको छ । वार्ता लगत्तै भ्रमण प्रतिनिधि मण्डलका सदस्यसहितको उपस्थितिमा संयुक्त छलफल हुनेछ । छलफलपछि दुई देशबीच हुने सम्झौतापत्र आदनप्रदानसम्बन्धी कार्यक्रम तय गरिएको छ ।

त्यस पछि संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौताबारे जानकारी दिनेछ । पत्रकार सम्मेलनमा दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । पत्रकार सम्मेलनपछि प्रधानमन्त्री ओली हैदरावाद हाउसमै दिवाभोजमा सहभागी हुने कार्यक्रम रहेको छ । सा“झ विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भ्रमणको तेस्रो दिन चैत २५ गते प्रधानमन्त्री ओली हेलिकोप्टरमा दिल्लीबाट उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमणमा जाने कार्यक्रम रहेको छ । कृषि विश्वविद्यालयको भ्रमण सकेपछि सोही दिन सा“झ दिल्लीबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उमेर समूहका आधारमा निर्वाचित जनप्रतिनिधिको सङ्ख्या यस्तो छ

काठमाडौं, ९ जेठ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन् । निर्वाचन

मेयरमा रेनु र उपमेयरमा चित्रसेनको जित सुनिश्चित

चितवन ९ जेठ । भरतपुर महानगरपालिकामा ११ हजार १७३ मत गन्न बाँकी रहँदा नै मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदेवार रहेका रेनु दाहाल र

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

काठमाडौं, ९ जेठ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी विजयी भएका छन् ।घण्टाघर चुनाव चिह्नबाट निर्वाचन लडेका साहले १३४६५ मत पाए

सम्बन्धित

उमेर समूहका आधारमा निर्वाचित जनप्रतिनिधिको सङ्ख्या यस्तो छ

मेयरमा रेनु र उपमेयरमा चित्रसेनको जित सुनिश्चित

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

स्थानीय तह निर्वाचन गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार बन्यो : प्रवक्ता महत

२२ सयमा झर्‍यो सेयर बजार

९ वटा उपमहानगरको मतगणना सकियो, जनकपुरधाम र तुलसीपुर बाँकी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...