ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीदेखि कोशीसम्म वर्षा, अझै केही दिन पानी पर्ने


एबीसी न्यूज
आश्विन ८, २०८२ बुधबार   ७ : ३२   बजे

काठमाडौं ८ असोज । स्थानीय वायुको प्रभावले कर्णाली प्रदेशको पूर्वी भूभागदेखि कोशी प्रदेशसम्मै पानी परिरहेको छ । यो पानी आजै रातिदेखि कम हुँदै जाने पूर्वानुमान छ । तर फेरि भोलि–पर्सिसम्म पनि पानी पर्ने सम्भावना भने कायमै रहेको मौसमविदहरुले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदहरुका अनुसार पानी पार्नका लागि अहिले स्थानीय वायुबाहेक अरु उल्लेखनीय प्रणाली छैन । मौसमविद हरिप्रसाद दाहालले अनलाइनखबरसँग भने, ‘आज दिउँसैदेखि मजाले परिरहेको पानी स्थानीय वायुको प्रभाव थोरै एक्टिभ भएर हो र यो आज रातिदेखि कम हुँदै जाने देखिन्छ ।’

बुधबार बेलुकी सात बजेतिर यो समाचार तयार पार्दासम्म गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा मध्यमसम्मको वर्षा भइरहेको छ । लुम्बिनी, कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्का पानी परिरहेको छ । राति धेरै स्थानमा पानी पर्न रोकिने पूर्वानुमान छ ।

भोलि विहीबारको दिन पनि एक–दुई स्थानमा मात्र भारी वर्षा खण्डित रुपमा हुनसक्ने सम्भावना छ । भोलि विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यम खालको वर्षा हुन सक्ने पूर्वानुमान छ ।

पानी पर्ने सम्भावना यो हप्तासम्म कायमै छ । दशैंको टीकाको दिनसम्म मनसुन नेपालबाट बाहिरिने सम्भावना नरहेकाले पानी पर्ने पूर्वानुमान स्वाभाविक रहेको मौसमविहरु बताउँछन् । तर विगतमा जस्तो धेरै ठाउँमा भयंकर वर्षा भने नहुने उनीहरु बताउँछन् ।

यस वर्ष हिले दशैंको सम्भावना कति ?

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक एवम् मौसमविद डा। विनोद पोखरेलका अनुसार यस वर्ष हिले दशैं हुने सम्भावना धेरै छ । केही दिनसम्म मनसुन त्यति धेरै सक्रिय हुने देखिँदैन तर साँझ तथा बेलुका केही ठाउँमा वर्षा भने हुनेछ । दशैंको मध्य बेलामा पानी पार्ने प्रणाली फेरि सक्रिय हुने सम्भावना रहेकाले हिले दशैं हुनसक्ने उनको अनुमान छ ।

सेप्टेम्बर २५ तारिख अर्थात् असोज ९ गतेदेखि बंगालको खाडीमा पानी पार्ने एउटा प्रणाली विकसित हुँदैछ । त्यसको बढी असर बंगलादेश, म्यानमार र भारतका सिक्किम, आसाम र मेघालयमा पर्ने सम्भावना छ । नेपालको पूर्वी सिमानासम्म आंशिक असर पार्नसक्ने सम्भावना छ । त्यसैले नेपालमा पनि पानी पर्नसक्ने पूर्वानुमान गरिएको हो ।

मौसमविद हरिप्रसाद दाहाल बंगालको खाडीमा विकसित प्रणालीलाई नजिकबाट नियालीरहेको बताउँछन् । ‘त्यसको असर नेपालमा कस्तो पर्छ भनेर हामीले नजिकबाट नियालीरहेका छौं,’ उनले भने ।

उनले दशैंमा मौसम कस्तो हुन्छ भनेर विशेष बुलेटिन जारी गरेर जानकारी दिने बताए । ‘एक–दुई दिनमा हामी दशैं विशेष बुलेटिन जारी गरेर सम्भावित मौसमी अवस्थाबारे जानकारी दिनेछौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

सम्बन्धित

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

योग र सङ्गीत : स्वस्थ शरीर र शान्त मनका दुई आधार

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

विश्वकपमा नेदरल्यान्ड्सको सानदार जितः स्वीडेन ५–१ ले पराजित– गाक्पो र ब्रोबीको दुई–दुई गोल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group