ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

८ सदस्यीयमन्त्रिपरिषद्मा प्रधानमन्त्री मात्रै एकजना महिला, वरियता यस्तो छ


एबीसी न्यूज
आश्विन ६, २०८२ सोमबार  ९ : ०३ बजे

काठमाडौं ६ असोज । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार भएर ८ सदस्यी भएको छ । प्रम कार्कीले १० देखि ११ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने बताएकी थिइन् । नेपालको संविधानले हरेकक्षेत्रमा समावेशी बनाउनु पर्ने भन्दै महिलाहरुको कम्तीमा ३३ प्रतिशत प्रतिनिधित्व हुनु पर्ने भनिए पनि कार्कीको मन्त्रिपरिषद्मा उनी मात्रै एक्ली महिला छन् भने बाँकी ७ जना पुरुष छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले अनिलकुमार सिन्हालाई उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि तथा पशुपन्छी विकास र जगदीश खरेललाई सूचना तथा सञ्चार मन्त्रालयको शपथ लिएका छन् ।
यस क्रममा राष्ट्रपतिले प्रधानमन्त्री कार्कीको सिफारिसमा जिम्मेवारी हेरफेर तथा थपघट पनि गरेका छन्।

यसअघि नै नियुक्त अर्थमन्त्री रामेश्वर खनाललाई सामान्य प्रशासन मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ भने गृहमन्त्री ओमप्रकश अर्यालले सम्हालिरहेको कानुन मन्त्रालय नवनियुक्त मन्त्री सिन्हालाई दिइएको छ। योसँगै सिन्हाले ३ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

कुलमान घिसिङको जिम्मेवारीमा भने पहिलेकै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी ३ मन्त्रालय छन्।

मन्त्रिपरिषद् विस्तारसँगै ७ मन्त्रीको वरीयता पनि निर्धारण गरिएको छ। जसअनुसार प्रधानमन्त्री कार्कीपछि क्रमशः खनाल, घिसिङ, अर्याल, सिन्हा, पुन, परियार र खरेल छन्।
जातिय हिसाबले बाहुन–क्षेत्रीमा प्रम कार्की सहित अर्थमन्त्री खनाल, गृहमन्त्री अर्याल र सन्चारमन्त्री खरेल ४ जना छन् भने जनजातिमा उजर्ममन्त्री घिसिंग र शिक्षा मन्त्री पुन २ जना छन् भने मधेशीमा कानुनमन्त्री सिन्हा र दलित जातिबाट कृर्षिमन्त्री परियार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति बिना यात्रा, एजेन्डा बिना भाषण : बालेन्द्रको देश दौडाहा के संकेत हो?

मकवानपुर–१ मा पटक–पटक चुनाव लडेका पुराना उम्मेदवारलाई नयाँ अनुहारको चुनौती

सम्बन्धित

नीति बिना यात्रा, एजेन्डा बिना भाषण : बालेन्द्रको देश दौडाहा के संकेत हो?

मकवानपुर–१ मा पटक–पटक चुनाव लडेका पुराना उम्मेदवारलाई नयाँ अनुहारको चुनौती

‘नेपाल–केन्द्रित यथार्थवाद’: गगन थापाको नयाँ डक्ट्रिन

कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित

‘विद्रोह अपरिहार्य थियो, अब डेलिभरी नै निर्णायक हुन्छ’ – डा. लोकराज बराल (भिडियोसहित)

पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com