ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी र निजी सम्पतीमाथि भएको आक्रमण लोकतान्त्रिक मूल्य र मान्यता विपरितः प्रवक्ता महत


bhawani desk
आश्विन ५, २०८२ आईतबार  १ : २४ बजे

काठमाडौँ, ५ असोज ।नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेन जी आन्दोलनमा सरकारी र निजी सम्पतीमाथि भएको आक्रमण लोकतान्त्रिक मूल्य र मान्यतामाथिको आक्रमण भएको दाबी गर्नुभएको छ । आज महाराजगञ्जस्थित निजी निवासमा पत्रकारसँगको भेटघाटमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अधिकारका लागि लढ्दा ज्यान गुमाउने कुरा धेरै दुःखद् भएको बताउनुभयो । नवयुवा पुस्ताले उठाएका सुशासन र अभिव्यक्तिको स्वतन्त्राको विषय नराम्रो नरहेको बताउनुभयो । उहाँले देशका सम्पतीहरु नष्ट गर्न लोकतन्त्र विरोधी, अभिव्यक्ति विरोधी, देश र जनताको प्रगतिमा पनि इष्या गर्ने प्रवृत्तिहरु सामेल भएको जिकिर गर्नुभयो । शासन सञ्चालन गर्ने क्रममा राजनीतिक दलहरुबाट कमजोरी भएको स्वीकार गर्दै नेतृत्व तहबाट भएका कमजोरीलाई कानूनसम्मत ढंगबाट हटाउन सकिने बताउनु भयो । जनप्रतिनिधिहरुको संस्था संसद विघटन हुनु नराम्रो भएको बताउनुभयो । लोकतान्त्रिक, संवैधानिक व्यवस्थामा उभिएर नै भएका कमी कमजोरी हटाउन सकिने बताउनुभयो ।

प्रवक्ता महतले दुवै दिनको घटनाको गम्भीर छानविन गरी दोषीउपर कारबाही हुनुपर्ने बताउनुभयो । अन्तरिम सरकारलाई संविधानसम्मत बनाउन सकिने भएपनि त्यो हुन नसकेको बताउनुभयो । अब आउने दिनलाई लोकतान्त्रिक मूल्य र मान्यतमाथि आक्रमण गर्ने प्रवृत्तिबाट जोगाउनु नै अबको जिम्मेवारी हुने बताउनुभयो । देशमा सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न जरुरी रहेको बताउनुभयो । पार्टीमा रहेका सबै नेताहरु भ्रष्ट र गलत हुन् भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यो सरासर गलत भएको दाबी गर्नुभयो । देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने नेताहरु पनि धेरै रहेको भन्दै यसलाई बिर्सन नहुने जिकिर गर्नुभयो । जनता भन्दा दोस्रो निर्णायक हुन नसक्ने बताउनुभयो । सबै मिलेर देशलाई मजबुत गर्नुपर्ने र लोकतान्त्रिक संस्थालाई बलियो बनाउनुपर्ने बताउनुभयो ।

प्रवक्ता महतले सहज हुँदा प्रशंसा र अफ्ठ्यारोमा गालीगलौजको वर्षा गर्ने कुरा उपयुक्त नहुने भन्दै सन्तुलित र संयम हुन आग्रह गर्नुभयो । देश अहिले अफ्ठ्यारो परिवेशमा रहेको भन्दै सहज परिस्थितिमा लैजान जरुरी रहेको बताउनु भयो । जेन जी पुस्ताको आन्दोलनका क्रममा प्रवक्ता महतको घर पनि आन्दोलनकारीले आगजनी र तोडफोड गरेका छन् । उक्त घर आफूले अध्ययन गरेर कमाएको पैसाबाट बनाएको जिकिर गर्नुभयो । आफू पदमा पुगेको बेलामा देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरेको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com