
काठमाडौं, २२ चैत। सिन्डिकेटको राज चलाउँदै आएका यातायात व्यवसायी विरुद्ध सरकार आक्रमक रुपमा पेश हुन थालेपछि सिन्डिकेट लाद्न पाउनुपर्ने मागबाट पछि हट्न थालेका छन् ।
काभ्रेको बनेपासम्म मयुर यातायात कम्पनीलाई रुट इजाजत दिएको विरोधमा हड्तालमा उत्रिएका यातायात व्यवसायीहरु विरुद्ध सरकारले सिन्डिकेट पक्षधर समिति खारेज गर्नेसम्मको तयारी गरेपछि पछि हटेका हुन् । व्यवसायीको अवरोधका कारण काठमाडौंको कोटेश्वरदेखि पूर्व चल्ने सवारीसाधन ठप्प प्राय भएका थिए । तर, बुधबार सरकारले त्यसको विकल्पमा नयाँ यातायात व्यवसायीलाई अस्थायी रुट परमिट दिएपछि साझा, मेट्रो र मयुर यातायातका गाडीहरु बनेपासम्म पुगेका थिए ।
सिन्डिकेटलाई ध्वस्तै गर्ने चेतावनी पछि आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले बिहीबारबाट आफ्ना सवारी साधन पूर्ववत संचालन गरेका छन् ।
सार्वजनिक सडकमा अहिलेसम्म मनमौजी गदै आएका यातायात व्यवसायीहरु सरकारले गत चैत १८ गते ल्याएको यातायात सम्बन्धी नयाँ निदेर्शिका र मापदण्ड ल्याएपछि त्यसको विरोधमा उत्रिएका थिए ।
यातायात व्यवस्था विभाग भने नियमित अनुगमन सुरु गरेको छ । अब बस चलाउनेले चलाउँछन् । नचलाउनेको रुट परमिट खारेज हुन्छ । सडकमा अराजकता मच्चाउने समिति नै खारेज पनि हुनसक्छ । विभागले चेतावनी दिएको छ ।
तर, व्यवसायीको छाता संगठन राष्ट्रिय यातायात व्यवसायी महासंघले भने आगामी आगामी चैत २६ गते ठोस निर्णय गर्न बताएको छ ।







प्रतिक्रिया दिनुहोस्