ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुलीका दर्जनौँ स्थानमा खानेपानीको समस्या


admin

सिन्धुली, २२ चैत । सिन्धुली जिल्लामा लामो खडेरीका कारण अहिले दर्जनौँ स्थानमा पिउने पानीको हाहाकार भएको छ । खडेरीका कारण पानीका मुहान सुकेपछि पिउने पानीकै हाहाकार भएको हो ।

वर्षाको समयमा पनि पर्याप्त वर्षात् नभएको र हिउँदमा पनि वर्षात् नभएकाले अधिकांश बस्तीमा हिजोआज पानीको समस्या उत्पन्न भएको स्थानीय बासिन्दा बताउँछन् । घर नजिकै रहेको धारामा पानी आउन छाडेपछि खोला तथा खोल्सीको दूषित पानीलाई नै दैनिक उपभोग गर्नु परेको उनीहरूको भनाइ छ ।

सुगम मानिने कमलामाई नगरपालिका–४ रायडीमै पिउने पानीको समस्या भएको छ । वर्षांैदेखि उपभोग गर्दै आएको पानीको मुहान एकाएक सुकेपछि अहिले ग्वाङ खोला तथा खहरे खोलाको बगर खोस्रेर पानी पिउन बाध्य भएको स्थानीयवासी कैलाश विसंखेले बताउनुभयो । खानेपानीको मुहानमा पानी नै नभएपछि नुहाउने, लुगाधुने, बस्तुभाउलाई खुवाउने र आफूले पानी खाने मुहान एकै भएको उहाँको भनाइ छ ।

यस्तै, हरिहरपुरगढी गाउँपालिका हाक्पारा निवासी ७० वर्षीया रेउतीमया लुङ्गेलीमगरले पनि पिउने पानीको समस्या भएको बताउनुभयो । मरिण खोलामा कुवा खनेर पानी खाँदै आएको उहाँको भनाइ छ । घर वरपरका पानीका मुहान तथा कुवा सुकेपछि खोलाको पानी पिउन बाध्य भएको उहाँको भनाइ छ ।

गाउँमा बिजुली नहुँदा दिनहुँ खोलाको पानी बुढेसकालमा बोकेर खान धेरै समस्या भएको उहाँको दुखेसो छ । बिजुली भए खोलाको पानी मोटरले तानेर खान पाइने आशा भए पनि सरकारले बिजुली नदिएको उहाँले बताउनुभयो ।

बिजुली भए बुढेसकालको पानी तान्ने सहारा हुने थियो उहाँले भन्नुभयो । खाने पानीको राम्रो व्यवस्था गरिदिन सरकारसँग उहाँको माग रहेको छ । आफूसँगै दर्जनाँै घरपरिवार अहिले खोलाको पानी खान बाध्य भएको उहाँले बताउनुभयो ।

यस्तै, हरिहरपुरगढी गाउँपालिका–५ हातिदमानकी अस्मिता मोक्तानको पनि पानीको समस्याको दुखेसो छ । धारामा पानी महिनाँैदेखि आउन छाडेकाले नजिकका खोलाबाट पानी ल्याई खाने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नजिकै पानी छैन खोलाबाट ल्याएर बस्तुलाई खुवाउन सकिँदैन, आफैँले ल्याउने पानीको मुहानबाट बस्तुलाई खुवायो अनि आफूले पनि ल्यायो ।” वर्षौंदेखि पानीको समस्या भए पनि खोलाको पानी खानु पर्ने बाध्यता कहिल्यै नटरेको उहाँको दुखेसो छ ।

यससँगसँगै जिल्लाका तीनपाटन, फिक्कल, गोलञ्जोर, सुनकोशी, मरिण तथा अन्य स्थानीय तहका धेरै बस्तीमा खानेपानीको समस्या भएको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले धेरैजसो पानीका मुहान सुकाएको र अहिले रहेका नयाँ मुहान पनि लामो खडेरीका कारण सुकेपछि पिउने पानीकै समस्या भएको स्थानीयवासीले बताएका छन् ।

पानीलाई शुद्धीकरण गरेर नखाए विभिन्न रोगको महामारी फैलने भए पनि हालसम्म त्यस्ता सचेतनामूलक कार्यक्रम नभएको स्थानीयवासी बताउँछन् । पानीको समस्या रहेका स्थानमा सम्बन्धित निकायले नागरिकलाई पानीको व्यवस्थापन वा पानी शुद्धीकरण गर्ने प्रक्रियाका बारेमा जानकारी गराउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा १ लाख मतगणना : बालेन पहिलोमा, स्थापित तेस्रोमा, कसको मत कति ?

काठमाडौं, ७ जेठ ।  काठमाडौं महानगरको मतगणना जारी रहेको छ । १ लाख ३४ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ ।

एबीसी टेलिभिजन स्थानीय तहको निर्वाचनको एक्जीट पोल शतप्रतिश मिलाउन सफल

काठमाडौं, ७ जेठ । एबीसी टेलिभिजनले स्थानीय तहको निर्वाचनमा सहभागी रहेका दल लगायत स्वतन्त्र उम्मेदवारले प्राप्त गर्न सक्ने नतिजाको प्रक्षेपण गरेको थियो । एबीसी टेलिभिजनले

एमालेले धेरै जित्यो मेयर र अध्यक्षभन्दा उपमेयर र उपाध्यक्ष

काठमाडौं, ७ जेठ । वैशाख ३० गते भएको स्थानीय तह चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ। शनिबार अपरान्हसम्म ६९० पालिकाको अन्तिम परिणाम आइसकेको छ। अहिलेसम्मको

सम्बन्धित

आईपीएल : गुजरात र बेङ्ग्लोर तथा राजस्थान र मुम्बई खेल्दै

कालिका मन्दिरमा भक्तजनको भीड

नेपाल बारमा सत्ता गठबन्धनको मोर्चाबन्दी 

ऊर्जामन्त्री भुसालसँग भारतीय ऊर्जा सचिवको शिष्टाचार भेट

“साहित्यले  समाजलाई सचेत एवं परिवर्तनको चेतना प्रदान गर्छ” –  पूर्व सभामुख कृष्णबहादुर महरा

ओली मनाउन बालकोटमा प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...