ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रमणले नेपाल भारतको सम्बन्ध अझै उचाइमा पुर्याउनेछ: प्रधानमन्त्री ओली


admin

काठमाडौं, २१ चैत । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण नेपाली नागरिकको हितमा केन्द्रित हुने बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार एमाले पार्टी स्थायी समिति बैठकमा आफ्नो भारत भ्रमणबारे औपचारिक जानकारी गराउ“दै सो भ्रमण नेपाली नागरिकको हितमा केन्द्रित हुने बताउनुभएको हो ।

पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणले मुलुकको आर्थिक समृद्धिको दिशामा महत्वपूर्ण योगदान दिने धारणा राख्नु भएको एमालेका सचिव एवम प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको आगामी शुक्रबार भारतको ३ दिने राजकीय भ्रमण गर्दै हुनुहुन्छ । भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई अझै उचाईमा पु-याउने विश्वास पनि प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभएको सचिव भट्टराईले बताउनु भयो ।

बैठकले माओवादी केन्द्रस“गको पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल गर्न आगामी बैशाख ६ गते पार्टी पोलिटव्यूरो बैठक र ७ गते केन्द्रिय समिति बैठक बोलाउने निर्णय गरेको छ । पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा ठोस धारणा तय गर्न पार्टी पोलिटव्यूरो र केन्द्रिय समितिको बैठक बोलाउने निर्णय पनि गरिएको सचिव भट्टराईले बताउनु भयो ।

एमाले र माओवादी केन्द्रबीच आगामी बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापनाको अवसर पारेर एकताको औपचारिक घोषणा गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्तो छ नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले पठाएको सन्देश (पूर्णपाठ)

काठमाडौं, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सोमबार प्रतिनिधिसभामा पुगेको छ । राष्ट्रपति कार्यालयले पठाएको

देउवाको निर्देशन गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुस्

काठमाडौं, ३० साउन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई जिताउने अभियानमा लाग्न निर्देशन दिएका छन्। सोमबार

राष्ट्रपति भण्डारी पोखरा आउँदै, दुई दिन पोखरामा रहने

पोखरा, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे

सम्बन्धित

यस्तो छ नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले पठाएको सन्देश (पूर्णपाठ)

देउवाको निर्देशन गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुस्

राष्ट्रपति भण्डारी पोखरा आउँदै, दुई दिन पोखरामा रहने

नागरिकताको सवालमा राष्ट्रिय सहमति बन्नै पर्छ : नेता खनाल

कांग्रेसले आजदेखि जनप्रतिनिधिलाई अभिमुखीकरण दिंदै

आज साउन महिनाको अन्तिम सोमबार, शिवालयमा घुइँचो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...