ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि क्षेत्रको उत्पादन चार गुणा बढाउने प्रधानमन्त्री ओलीको घोषणा


admin
चैत्र २१, २०७४ बुधबार  ५ : २६ बजे

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रको उत्पादन चार गुणा वृद्धि गर्ने घोषणा गर्नुभएको छ ।

उहाले सहकारीको माध्यामबाट मात्रै नेपालको कृषि उत्पादनलाई वृद्धि गर्न सकिने पनि स्पष्ट पार्नुभयो । बुधबार काठमाडौंमा दोस्रो सहकारी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेको कृषि क्षेत्रलाई अघि बढाउन सहकारी क्षेत्रको महत्व र आवश्यक्ता अपरिहार्य रहेको स्मरण गराउनुभयो । उहाले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिकीकरण गर्न सहकारी क्षेत्रको विकल्प नरहेको तर्क गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सहकारी क्षेत्रले दिंदै आएको प्रतिफलको चर्चा गर्दै यस क्षेत्रको आवश्यक्ता नेपालका लागि विशेष रहेको पनि उल्लेख गर्नुभयो । उहाले सरकारले टुक्रिएको जमिनलाई एकीकृत गर्दै कृषि उत्पादनमा वृद्धि गर्न चाहेको बताउनुभयो । सहकारी आन्दोलनको महत्व र आवश्यक्ता नेपालका लागि विशेष रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मर्यादित रोजगारीको अवसर सृजना गर्न सहकारी क्षेत्रले सशक्त योगदान दिन सक्ने बताउनुभयो । उहा“ले संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सरकारले सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढने नीति लिएको पनि स्पष्ट पार्नु भयो ।

अर्थमन्त्री खतिवडाले सरकारले आर्थिक लोकतन्त्रको भरपुर उपयोग आम नागरिकले गर्ने अवस्था सृजना गर्न खोजिरहेको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com