ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपसभामुख राना जोडिएको बालबालिका अवैध ओसारपसार घटनामा अघि बढ्यो प्रहरी अनुसन्धान


abc news
भाद्र ८, २०८२ आईतबार   ७ : ३८   बजे

काठमाडौं, ८ भदौ । उपसभामुख इन्दिरा राना मगर जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी घटनाको अनुसन्धान शुरू भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

राना कार्यकारी प्रमुखको जिम्मेवारीमा रहँदा प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्थाबाट अवैधरुपमा बालबालिका ओसारपसार भएको सरकारी प्रतिवेदनले नै औंल्याएको थियो । तर, रानामाथि कुनै कानूनी ‘एक्सन’ अगाडि बढेको थिएन ।

केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०का प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुबेर खापुङका अनुसार, सार्वजनिक सरोकारको विषय र उपसभामुखको नाम जोडिएकाले अनुसन्धान गर्न ब्यूरोलाई निर्देशन दिइएको हो । ‘उपसभामूखज्यू जोडिएको बालबालिकाको अवैध ओसारपसारको विषयमा के कति सत्यता हो वा होइन भनेर अनुसन्धान शुरू गरिएको हो,’ एआईजी खापुङले भने, ‘अनुसन्धान गर्ने आधिकारिक निकाय प्रहरी नै भएकाले मैले मानव बेचबिखन ब्यूरोलाई निर्देशन दिएको हो ।’

यही भदौ ५ गते बसेको प्रतिनिधिसभाको बैठकमा एमाले सांसद तथा पार्टीका केन्द्रीय सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा उपसभामुख राना सम्बद्ध संस्था पीए नेपालको संलग्नता रहेको दाबी गरेका थिए ।

भट्टराईको उक्त दाबीलाई पुष्टि गर्दै पत्रकार सुमन ढुंगानाले त्यो घटना र समाचार संकलनका क्रममा आफूले जागिरबाट हात धुनुपरेको कुराको अभिव्यक्त गरेका थिए ।

उनले उपसभामुख राना जोडिएको बालबालिकाको अवैध ओसारपसारको समाचार संकलन गर्दा आफू कार्यरत टेलिभिजनबाट जागिर खोसिएको र सोसम्बन्धी रिपोर्ट लुकाइएको विषय उल्लेख गरेका छन् । मानव बेचबिखन ब्यूरोले अनुसन्धानका लागि पत्रकार ढुंगानाको समेत सहयोग लिने तयारी गरेको छ ।

ढुंगानाको दाबीअनुसार, २०७२ साल कात्तिक १७ गते सिफलस्थित बाल संगठनको बालगृहबाट पाँच बालबालिका हराएका थिए । २०७२ माघ १८ गते बालगृहका एक कर्मचारीले बाल कल्याण समितिमा दिएको बयानमा पीए नेपालसँग सम्बन्धित व्यक्तिहरूले ती बालबालिकालाई जबर्जस्ती लिएर गएको बयान दिएका थिए । उक्त संस्थाको कार्यकारी निर्देशक राना थिइन् ।

त्यतिबेला सरकारले उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा एक जाँचबुझ आयोग गठन भएको थियो ।

उक्त आयोगले पीए नेपाल र त्यसकी कार्यकारी निर्देशक रानाको संलग्नता पुष्टि गर्दै प्रतिवेदन पेस गरेको थियो ।​

मानव बेचबिखन ब्यूरोका एक अधिकृतका अनुसार, सीआईबीबाट यो घटनाको अनुसन्धान गर्न निर्देशन आएको हो । ति अधिकृतले भने, ‘बाहिर आएका कुरा र सत्यता के रहेछ भनेर अनुसन्धान गर्न भनिएको छ, हामी अब पुराना प्रतिवेदनको अध्ययनसँगै पत्रकार ढुंगानासँग समेत यो विषयमा सहयोग माग्छौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group