काठमाडौ ६ भदौ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको बताउनुभएको छ ।
प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा उहाँले लिपुलेक नेपालकै भूमि भएको तर भारतले उपयोग गर्दै आएको बताउनुभयो । लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको स्वामित्वमा रहेको ठाउँ भएको तथ्य प्रमाण रहेको बताउँदै उहाँले अब कूटनीतिक माध्यमबाट समस्याको समाधान गर्ने बताउनुभयो ।
नेपाली भूमि लिपुलेकबाट व्यापार गर्न भारत र चीनले गरेको सहमतिको विरोध गर्दै दलहरूले कूटनीतिक वार्तामार्फत यसको समाधान गर्नुपर्ने बताएका छन् ।







प्रतिक्रिया दिनुहोस्