काठमाडौ ५ भदौ । दक्षिण अफ्रिकाका अलराउन्डर प्रिनेलन सुब्रायनको बलिङ एक्शन शङ्कास्पद भएको रिपोर्ट गरिएको छ । अस्ति मङ्गलवार केन्र्समा घरेलु टोली अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटपछि सुब्रायनको बलिङ एक्शन शङ्कास्पद भएको रिपोर्ट गरिएको हो ।
अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा अफ स्पिनर सुब्रायनले १० ओभरमा ४६ रन दिएर १ विकेट लिनुका साथै ओपनर ब्याटर ट्राभिस हेडको विकेट लिएका थिए । यो खेल दक्षिण अफ्रिकाले ९८ रनले जित्दै तीन खेलको शृङ्खलामा १–० को अग्रता लिएको थियो ।
बुलावायोमा घरेले टोली जिम्बाब्वेसँगको पहिलो टेस्ट क्रिकेट खेलेको झन्डै दुई महिनापछि ३१ वर्षीय सुब्रायनले अस्ति अस्ट्रेलियासँगको खेलमा एकदिवसीयमा डेब्यु गरेका थिए ।
प्रिनेलन सुब्रायनले अब १४ दिनभित्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० –मान्यता प्राप्त परीक्षण केन्द्रमा आफ्नो बलिङ एक्शनको स्वतन्त्र मूल्याङ्कन गर्नुपर्नेछ । परीक्षणको नतिजा नआएसम्म उनले बलिङ गर्न पाउँछन् ।
बलरहरूलाई बलिङ गर्दा आफ्नो कुहिना १५ डिग्रीसम्म मोड्न अनुमति छ । सुब्रायनले आफ्नो बलिङ एक्शनको बारेमा छानबिनको सामना गरेको यो पहिलो पटक होइन ।








प्रतिक्रिया दिनुहोस्