ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनलाई सहयाेग गर्न नेदरल्यान्ड्सले पोल्यान्डमा ३ सय सैनिकसहित हवाई रक्षा प्रणाली तैनाथ गर्ने


abc news
भाद्र ५, २०८२ बिहीबार  ३ : ४६ बजे

काठमाडौ ५ भदौ । नेदरल्यान्ड्सले आउँदो डिसेम्बर १ देखि पोल्यान्डमा झन्डै ३ सय सैनिकसहित २ प्याट्रियट प्रणाली, १ नासामस प्रणाली र एन्टी–ड्रोन क्षमता भएको उन्नत हवाई रक्षा प्रणाली तैनाथ गर्ने घोषणा गरेको छ ।

यो तैनाथीले पोल्यान्डमा रहेको युक्रेनका लागि नेटो सुरक्षा सहायता र प्रशिक्षण ९एनएसएटीयू० केन्द्रलाई सुरक्षित गर्ने नेदरल्यान्ड्सको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ । यो केन्द्रमार्फत युक्रेनलाई सैन्य उपकरण आपूर्ति गर्न सहज हुने मन्त्रालयले जनाएको छ ।

नेदरल्यान्ड्सका रक्षामन्त्री रुबेन ब्रेकलमन्सले यस तैनाथीले नेटो क्षेत्रको सुरक्षा, रुसी आक्रमणलाई रोकथाम र युक्रेनलाई निरन्तर समर्थनमा सहयोग पुर्‍याउने बताउनुभएको छ । यो तैनाथी सन् २०२५ डिसेम्बर १ देखि शुरू भएर सन् २०२६ जुन १ सम्म रहने मन्त्रालयले जनाएको छ ।

केही दिनअघि मात्र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेट गर्नुभएको थियो । त्यस अवसरमा धेरै युरोपेली नेताहरू पनि सहभागी भएका थिए ।

नेताहरूले रुस–युक्रेन युद्ध समाधान गर्ने प्रयाससँगै युक्रेनलाई युद्धपछिको सुरक्षा ग्यारेन्टी दिने विषयमा युरोपेली राष्ट्रहरूको भूमिकामा ध्यान केन्द्रित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ : आयोग

सम्बन्धित

चुनाव दुई चरणमा नगरियोस् : प्रचण्ड

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

बदलिएको कांग्रेस सत्ताका लागि जोसँग पनि मिल्दैनः गगन थापा

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com