ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिपुलेकसम्बन्धी चीन–भारत सहमतिबारे सत्तापक्ष र विपक्षीको एक स्वर– ‘यो अस्वीकार्य छ’


abc news

काठमाडौ ५ भदौ । भारत र चीनले लिम्पियाधुरा हुँदै व्यापार गर्ने सहमति गरेकोप्रति सांसदहरूले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरूले भारत–चीन सम्झौताको विरोध गरेका हुन् । उनीहरूले नेपालको तर्फबाट कडा प्रतिवाद गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

बैठकमा विशेष समय लिएर बौल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारत र चीनबीच भएको भनिएको सहमति अस्वीकार्य रहेको बताउनुभयो । दुई देशबीच भएको नेपालको भूमिलाई समेटेर व्यापार गर्ने सम्झौताविरुद्ध नेपालका सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्ने उहाँको भनाइ छ ।

बैठकमा बोल्दै नेकपा ९एमाले० मा प्रमुख सचेतक महेश बर्तौलाले लिपुलेक, लिम्पियाधुरा र कालापानीजस्ता नेपालका अभिन्न अङ्गमाथि नेपालको स्वीकृतविना सीमा व्यापार गर्ने भारत र चीनबीचको सहमतिको आफूहरू विरोध गर्ने बताउनुभयो ।

यस्तै नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डेले नेपाललाई जानकारीसमेत नदिई सीमा व्यापार गर्न भएको सहमतिप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै आपत्ति जनाउनुभयो ।

गएको डिसेम्बरमा भारत र चीनले नेपालको जानकारीविना नै लिपुलेक नाकाबाट कैलाश मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्री आवतजावतका लागि पुनः शुरू गर्ने समझदारी गरेका थिए । यस्तै अस्ति मङ्गलवार व्यापार सम्झौता गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भएको नेपाल सरकारको दाबीसमेत भारतले अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com