ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीकी मुख्यमन्त्रीमाथि आक्रमण, एक जना पक्राउ


abc news


काठमाडौं, ४ भदौ । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि बुधबार उनकै सरकारी निवासमा आक्रमण भएको छ।

साप्ताहिक जनसुनुवाइ कार्यक्रम चलिरहेका बेला एक व्यक्तिले उनीमाथि हातपातको प्रयास गरेका हुन्।

सुरक्षाकर्मीले आक्रमणकारीलाई तत्कालै पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन्।

भारतीय समाचार एजेन्सी पिटिआईका अनुसार, बुधबार बिहान मुख्यमन्त्री गुप्ताले आफ्नो निवासमा सर्वसाधरणको गुनासो सुन्नका लागि नियमित ुजनसुनुवाइु कार्यक्रम राखेकी थिइन्।

सर्वसाधरणको गुनासो सुनिरहेकै क्रममा एक व्यक्तिले मुख्यमन्त्री गुप्तालाई थप्पड हानेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

त्यसअघि उनले मुख्यमन्त्री गुप्तालाई कपालमा समातेर तानेर थप्पड हानेका थिए। त्यसपछि त्यहाँ उपस्थित सुरक्षाकर्मी र अधिकारीहरूबीच हल्लीखल्ली र धकेलाधकेल भएको थियो।

धकेलाधकेल भएपछि मुख्यमन्त्री गुप्ता लडेकी थिइन्। उनको टाउकोमा चोट लागेको छ।

घटनापछि मुख्यमन्त्री गुप्तालाई चेकजाँचका लागि अस्पताल लगिएको थियो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको भारतीय जनता पार्टी दिल्ली अध्यक्ष विरेन्द्र सचदेवाले बताएका छन्।

उनले सञ्चारमाध्यमहरूले मुख्यमन्त्रीमाथि थप्पड प्रहार भएको कुरा सत्य नभएको बताए। उनले मुख्यमन्त्रीमाथि आक्रमण प्रयास भएपछि ठेलमठेल भएको बताए। उनले मुख्यमन्त्रीको कमजोर सुरक्षा व्यवस्थाका कारण घटना भएको बताए।

मुख्यमन्त्री कार्यालयकै कर्मचारीहरूले भने ती पुरूषले मुख्यमन्त्रीलाई पत्र दिएर अपशब्द बोल्दै थप्पड हानेको बताएका छन्।

घटनालगत्तै मुख्यमन्त्रीलाई थप्पड हान्ने भनिएको व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति राजकोटका ४१ वर्षीय राजेश भाइ नाम गरेका व्यक्ति छन्। उनीबारे थप अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

सम्बन्धित

गगन पक्षले कांग्रेसको आधिकारिकता दाबी गर्नु लोकतन्त्र माथिको षड्यन्त्र–देउवा पक्ष

२०२५ की नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई हस्तान्तरण गरिन् पदक

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com