ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिले राज्यविरुद्ध विद्रोह गर्ने समय होइन- पृथ्वीसुब्बा गुरुङ


abc news

काठमाडौ ४ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले राज्यको विरुद्धमा विद्रोह गर्ने समय नभएको बताएका छन्। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकथरी मानिसहरु अहिले पनि राज्यको विरुद्धमा द्रोह गरिरहेको भन्दै अहिले विद्रोह गर्ने समय नभएको बताएका हुन्।

उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक भएकाले सबैको प्रतिनिधित्व हुन नसक्ने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको बताए।

राष्ट्रपतीय प्रणालीमा जाँदा प्रतिनिधित्वका लागि ठाउँ कम हुने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको उनको भनाइ छ। अहिलेको शासन प्रणालीबाट आदिवासी जनजातिहरुले लाभ लिन सक्नुपर्ने बताए। समतामुलक, समावेशी समाज निर्माण गर्न जरुरी रहेको उनको भनाइ छ।

‘हामी किन राष्ट्रपतीय प्रणालीमा नगएको भन्दा राष्ट्रपतीय प्रणालीमा गयो भने बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुकमा प्रतिनिधित्वमा धेरै समस्या पैदा हुन्छ। प्रतिनिधित्वका लागि स्पेस कम हुन्छ, राज्यमा त्यसकारणले राष्ट्रपतीय प्रणालीमा होइन, सुधारिएको संसदीय प्रणालीमा नै जाऔँ, उनले भने, पार्टीहरुले पनि त्यसको समावेशीताको महसुस गर्नसक्ने, दलहरूले पनि महसुस गर्नसक्ने भनेर शासन प्रणालीले कसरी बढी भन्दा बढी प्रतिनिधित्व गराउँछ भन्ने हो। हाम्रो प्रयास फ्रान्सको जस्तो प्रणालीमा जाऔँ न त दुनियाँमा एउटा राष्ट्रपतिय शासन प्रणाली र अर्को संसदीय शासन प्रणाली हो। हाम्रो शासन प्रणाली हाम्रो लागि परिवर्तन भएको हो कि होइन ?

मन्त्री गुरुङले आदिवासी जनजातिको छुट्टै मन्त्रालय हुनुपर्छ भनेर माग गरिरहेको भन्दै आज आदिवासी जनजाति प्रतिष्ठानका लागि केही बजेट छुट्याउन पनि हड्डीमा गिद्ध र कुकुर जस्तो झुन्डिनु परिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com