काठमाडौ ४ भदौ । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले नेपाली कांग्रेस र नेकपा एमाले दुई दलीय शासन व्यवस्थाको अवधारणामा अघि बढेको भन्दै आपत्ति जनाएका छन्।
बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै बस्नेतले नेपालमा दुई दलीय व्यवस्थाको अवधारणा सैद्धान्तिक र व्यवहारिक रूपमा पनि उपयुक्त नहुने र त्यसको अभ्यास गलत हुने बताएका हुन्।
कांग्रेस र एमाले दुई दलीय व्यवस्थाको मिसनमा हिँडेको देखिन्छ। नेपालमा दुई दलीय व्यवस्थाको अवधारणा सैद्धान्तिक र व्यवहारिक रूपमा पनि उपयुक्त छैन, उनले भने, यो दुई दलीय व्यवस्थाको मिसन अन्ततः एक दलीयमा पुग्ने होला र प्रमुख दुई दलमध्ये त्यो अवसर कसले प्राप्त गर्नुहुनेछ रु त्यो उहाँहरूले नै सोचिराख्नुभएको होला।’








प्रतिक्रिया दिनुहोस्