ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनगढी प्रिमियर लिग : विराटनगर किंग्सद्वारा रुपन्देही पराजित


admin

धनगढी, २१ चैत । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ ।

कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा रुपन्देही च्यालेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किंग्सले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८१ रन बनायो । एक सय ८२ रनको विजय लक्ष्य पछ्याउने क्रममा रुपन्देहीले सात विकेट गुमाउँदै मात्र १३९ रन बनायो ।

यसअघि ब्याटिङ गर्दै विराटनगरका लागि बाबर हयातले ५८ रन बनाए । उनले ३५ बलमा चार छक्का र चार चौका प्रहार गरे । ओपनरद्वय दिलीप नाथले ४३ तथा अनिलकुमार साहले ३६ रनको योगदान दिए । नाथले ३७ बलमा एक छक्का र ६ चौका तथा साहले २५ बल खेल्दै तीन छक्का र तीन चौका प्रहार गरे । कप्तान पारस खड्काले २२ तथा सौरभ खड्काले अविजित १७ रन बनाए । खड्काले १२ बल खेल्दै एक छक्का र तीन चौका हाने ।

बलिङतर्फ रुपन्देहीका सुफियान महमुदले दुई तथा जितेन्द्र मुखिया र सागर पुनले एक÷एक विकेट लिए ।

जवाफी ब्याटिङका क्रममा रुपन्देहीका लागि प्रदीप ऐरीले ५४ रन बनाए । उनले ५० बलमा दुई छक्का र चार चौका प्रहार गरें । दीपक प्रसादले १७ बल खेल्दै एक छक्का र दुई चौकासहित २२ रन बनाए । सुशन भारीले अविजित रहँदै दुई छक्का र एक चौकासहित २१ तथा कप्तान शक्ति गौचनले अविजित १४ रन बनाए ।

बलिङतर्फ विराटनगर किंग्सका शुभम कामतले तीन विकेट लिए । उनले चार ओभर बलिङ गर्दै १८ रन खर्चे । रामनरेश गिरीले दुई तथा कप्तान पारस खड्काले एक विकेट लिए । प्लेयर अफ द म्याच विराटनगर किंग्सका बाबर हयात भए । उनले रु १० हजार पुरस्कार पाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com