काठमाडौं २६ साउन। त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार र रेक्टर कार्यालयमा अखिल क्रान्तिकारीका नेताहरुले तोडफोड गरेका छन् ।
धर्नामा बसेका क्रान्तिकारी समर्थक र कार्यकर्ताहरुले नाराबाजी गर्दै रजिष्ट्रारको कार्यालयमा सिसा फुटाए। त्यसपछि रेक्टरको अफिसमा आउनै लाग्दा प्रहरीसँग झडप भएको थियो ।
तोडफोडका क्रममा प्रहरी र विद्यार्थीबीच झडप भएको छ। झडपमा परी दुई जना घाइते भएका छन् । घाइते भएका उनीहरूलाई कीर्तिपुर अस्पतालमा लगिएको छ ।








प्रतिक्रिया दिनुहोस्