ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं भ्यू टावर निर्माणको काम समयमा नसकिने निश्चित्


admin
चैत्र २१, २०७४ बुधबार   ११ : ५४   बजे

काठमाडौं, २१ चैत । पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौं भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित भएको छ ।

निर्माणको काम अत्यन्तै सुस्तगतिमा काम भएकाले निर्धारित समयमा नसकिने अवस्था आएको काठमाडौं महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले बताउनुभयो । भ्यू टावर निर्माणका लागि खम्बा राख्ने काम भइरहेको छ, जुन पहिलो चरणको काम हो ।

विसं २०७१ फागुन २२ गते जलेश्वर स्वच्छन्द विकोइ विल्ड र कामपाबीच निर्माणको लागि सम्झैता भएको थियो । नियमअनुसार सम्झौता भएको पाँच वर्षमा निर्माणको काम सक्नुपर्नेछ । हाल टावर निर्माका लागि दैनिक ५० जना कामदार खटिएका छन् ।

शुरुमा २९ तल्लाको निर्माण गर्ने भने पनि २०७२ सालको भूकम्पले गर्दा १२ तत्लाको बनाउने तयारी गरिएको छ । निर्माणको अवधिभरि निर्माण गर्ने कम्पनीले वार्षिक ९८ लाख र निर्माणपश्चात वार्षिक दुई करोड ३५ लाखको दरले तिर्नुपर्छ भने वार्षिक पाँच प्रतिशतका दरले रोयल्टीमा वृद्धि हुनेछ ।

टावर निर्माणपछि महानगरको भौतिक समृद्धि वृद्धि हुने, पर्यटनलगायतका क्षेत्रमा सकारात्मक प्रभाव पर्ने, उच्चस्तरीय सामान एकै स्थानमा प्राप्त गर्न सकिने बताइएको छ ।

करिब २३ रोपनी पाँच आना जमिनमा टावर निर्माण हुनेछ । सार्वजनिक–निजी साझेदारिताका विभिन्न ढाँचामध्ये संरचना निर्माण, सञ्चालन र त्यसपछि हस्तान्तरण गर्ने विधि बुटमार्फत ३० वर्ष टावर निर्माण पक्षले सञ्चालन गरेर महानगरलाई हस्तान्तरण गर्नेछ । -रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

सम्बन्धित

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group