ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठगी गर्ने यो काइदा : नेपाली भनेर कमसल भारतीय सुन बिक्री


admin

२१ चैत, महोत्तरी । महोत्तरी जिल्लाको विभिन्न शहर बजारमा भारतबाट तस्करी गरी ल्याइएको कमसल सुन नेपाली भनेर बिक्री भइरहेको रहस्य खुलेको छ ।

महोत्तरीको विभिन्न बजारबाट २२ र २४ क्यारेटका सुन भारत तस्करी हुने गरे पनि अहिले भारतबाटै १८ र २० क्यारेटको सुन महोत्तरीको विभिन्न बजारका सुनचाँदी पसलेले मगाएर २२ र २४ क्यारेटको मूल्यमा बिक्री गरिरहेको नाम नछाप्ने शर्तमा एक सुन व्यापारीले बताएका छन् ।

महोत्तरीको सीमा नाकासँग जोडिएको सदरमुकाम जलेश्वरसहित सम्सी, मटिहानी, खैरबन्नी, रघुनाथपुरलगायतका बजारमा भारतीय १८ र २० क्यारेटका सुन २२ र २४ क्यारेट भन्दै उपभोक्तालाई बेच्ने काम भइआएको छ । यसका अलावा सुन तस्करले जिल्लाको गौशाला, बर्दिबास, औरही, बलवा, पिपरा र भ्रमरपुरा बजारमा पनि भारतीय सुन पु-याउने गरेको उनले बताए ।

साधारणतया उपभोक्तालाई सुनको गुणस्तरबारे थाहा नहुने भएका कारण पसलेले सोझासाझा नेपाली ग्राहकलाई भारतीय सुन नै नेपाली मूल्यमा बिक्री गरिरहेको बताइन्छ ।

सुनचाँदी पसलेले ग्राहकको बिलमा सुनको क्यारेट उल्लेख नगरी केवल परिमाण मात्र उल्लेख गर्ने गर्दछन् । नेपाली सुनको मूल्यमा भारतीय सुन बिक्री गर्दा मूल्यमा ठूलो अन्तर रहने र धेरै मुनाफा हुने नाम उल्लेख नगर्ने शर्तमा अर्का एक व्यापारीले बताए ।

जिल्लाको ग्रामीण भेगमा त झन् बढी ग्राहक ठगीमा पर्ने गरेको छ । अहिले नयाँ सुनचाँदी पसलले मात्रै नभएर जिल्लाको विभिन्न बजारमा ख्याति कमाएर बसेका पुराना सुनचाँदी पसल समेत यस अवैध धन्धामा संलग्न रहेको दाबी ती व्यापारी गरेका छन् । महोत्तरीको विभिन्न बजारमा गरी दैनिक १० किलोग्रामभन्दा बढी सुन बिक्री हुने गरेको छ । –रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com