काठमाडौं, २० चैत । पार्टी एकताका लागि गठित कार्यदलले दिएको प्रतिवेदन आज संयोजन समितिलाई बुझाएपछि एकिकरणको प्रकृया अगाडि बढेको छ । बालुवाटारमा मंगलबार बसेको दुइ दलको बैठकमा गठित कार्यदलले प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन अनुसार चैत्र २२ गते पार्टी एकताको औपचारिक मिति र दस्तावेज सार्वजनिक गरिने माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठले बताउनुभयो ।
असोज १७ मा पार्टी एकता गर्ने सहमतिसहित निर्वाचनमा होमिएका एमाले माओवादी केन्द्रबीच लामो समयदेखि पार्टी एकताको प्रकृयामै थिए । पार्टी एकताको लागि तयार भएको कार्यदल प्रतिवेदन बुझाएसंगै विघटन भएको छ । केही दिन यता जनयुद्ध र चूनाव चिन्हको विषयमा केही विवाद देखिए पनि दुवै अध्यक्षको छलफलबाट टुंगाइने छ।
प्रतिक्रिया दिनुहोस्