काठमाडौँ १६ श्रावण १६ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विधि र पद्धतिभन्दा बाहिर गएर धारणा राख्नु गलत भएको बताएका छन् । स्थायी समिति बैठकको सुरु गर्दै उनले उपमहासचिव जनार्दन शर्माले उठाएका प्रश्न सन्दर्भमा कम्युनिस्ट पार्टीमा संसदवादी दलको जस्तो सार्वजनिक रूपमा बोल्ने छुट नभएको बताएका हुन् ।
‘कम्युनिस्ट पार्टी बुर्जवा पार्टीजस्तो सार्वजनिक रूपमा बोल्न पाइँदैन । पार्टीमा जनवादी केन्द्रीयता लागू गरेर जानुपर्छ,’ उनको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘जनार्दनजीले सार्वजनिक रूपमा जुन बोल्नुभयो । त्यो ठीक होइन ।’
उनले पार्टीभित्र जनवादी केन्द्रीयतालाई कडाइपूर्वक लागू गरी आन्तरिक पार्टी एकतामा जोड दिनुपर्ने बताए । नेताहरूले महाधिवेशनमा आफ्ना फरक धारणा राख्नुपर्ने भए पनि सार्वजनिक रूपमा पार्टी र नेतृत्वको आलोचना गर्नु गलत भएको बताए ।








प्रतिक्रिया दिनुहोस्