सिन्धुली, २० चैत । हेटौँडा–चतारा सडकखण्डको निर्माणको जिम्मा पाएको कन्ट्रक्सनको अस्थायी क्याम्पमा बम बिस्फोट गरी आगजनी गरिएको छ ।
बमको छर्रा लागेर चितवन रत्ननगरका २५ वर्षीय विक्रम गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।
१० जनाको समूहमा आएका अपरिचित व्यक्तिले बम बिस्फोट र आगजनी गरेको कन्ट्रक्सनका कर्मचारीहरुले बताएका छन् । वम विष्फोटबाट मानवीय क्षति नभएपनि सवारी साधनमा र क्याम्पमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
बिस्फोटबाट कन्ट्रकसनको लु.अ.म ७२९६ अस्थायी नम्बरको डबलक्याप बोलेरो पूर्ण क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए । त्यस्तै, ना १ क ५६९८, ना १ क ४३३८, ना १ क ७२४४, ना १ क ४३३२ नम्बरका ट्रिफर, रोड लोडर र रोलरमा केही क्षति पुगेको बताइएको छ ।
घटनाको जिम्मेवारी कुनै समूहले लिएको छैन । तर, प्रहरीले घटना नेत्रविक्रम चन्द्र विप्लवका नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गरेको प्रहरीले आशंका गरेको छ ।
प्रतिक्रिया दिनुहोस्