बाजुरा , २० चैत्र । बाजुराको बडीमालीका नगरपालीकाका मेयरले जनताको भावना विपरित काम गरेको भन्दै बडा अध्यक्षहरुले प्रेस विज्ञप्ती निकालेका छन् ।
बडीमालीका नगरपालीकाका नगरप्रमुख पदम बडुवाले आफनै मनोमानि तरिकाले काम गरेको र नगरपालीकाका जनताले सरकारबाट पाउने सहज सुविधा नपाएको भन्दै प्रेस विज्ञप्ती निकालिएको हो ।
विज्ञप्तिमा नगरपालीकाका लागि गरिएको निर्णण अपारदर्शी भएको र सिमीत व्यक्ति विशेषले एकाधिकार जताउँदै मनोमानी ढंगले आफु अनुकुल निणर्य गरेको उल्लेख गरीएको छ ।
तेस्रो चौमासीक सुरु भईसक्दा समेत नगरपालीकाको आय ब्यायको समिक्षा नगरेको, कार्यपालीकाको बैठक नबसेको, विषयगत शाखाको बजेट र कार्यक्रम विनियोजन गर्दा कार्यपालीकामा छलफल नगरेको, आर्थिक चलखेल गर्ने उदेश्यले विभिन्न शिर्षकमा १ करोड १५ लाख ५ हजार रुपैयाँ राखेर सुसाशनको ठाडो उल्लघन गरेको आरोप लगाईएको छ ।
नगरप्रमुखले आफु अनुकुलता अनुरुप काम गर्दा नगरपालीकाको दिगो विकास नहुुने साथै जनताले जनप्रतीनिधीको विश्वास गुमाउने कुरा विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तीमा ५ जना वडा अध्यक्षले हस्ताक्षेर गरेका छन । हस्ताक्षेर गर्नेमा वडा अध्यक्ष डम्मर महत, ३ का वडा अध्यक्ष विर बहादुर रावल, ४ का वडा अध्यक्ष सुरेन्द्र नाथ, ७ का वडा अध्यक्ष धर्म राजोपाध्याय र ९ का वडा अध्यक्ष विनोद बिक छन् ।
सयूक्त प्रेस विज्ञप्तीमा यस्ता गतिविधी र निणर्यले नगरपालीकाको सम्रग विकासमा नकारात्म असर पर्ने र पार्टीका नामा एकलौटी ढंगले नगरपालीकाका लागि जनविरोधी योजना तथा कार्यक्रम वितरण गर्ने काम आफुहरुलाई सैय नहुने बताइएको छ ।
जनताको जनविरोधी काम गर्ने मेयर र उपमेयरलाई जनताको घर दैलोमा आउने अधिकार नरहेको बताउँदै वडा अध्यक्ष विकले भने,’जनताको भवना विपरीत काम गर्ने मेयर र उपमेयरलाई आफनो वडामा योजनाको अनुगमन लगाएतका कुनै कार्यक्रमा गर्न रोक लगाईने छ ।’
प्रतिक्रिया दिनुहोस्