काठमाडौ ७ साउन । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन नहुने धारणा राखेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद खतिवडाले सर्वोच्च पदमा पुगेको व्यक्तिले त्यो पदको गरिमा छोडेर वडा अध्यक्ष बन्न तम्सिन नहुने बताएका हुन्।
उनले सर्वोच्च पदमा पुगेको व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्किने कुरा नसुहाउने भन्दै सरकारको ध्यान पुग्न जरुरी रहेको बताए।
अहिले सर्वोच्च पदमा पुगेका मान्छेहरु आफ्नो गरिमा छोडेर वडा अध्यक्षतिर ध्यान दिएको देख्नमा आएको छ, उनले भने, सरकारको ध्यान पुगोस्। सर्वोच्च पदमा पुगेको मान्छे फेरी वडा अध्यक्ष हुनु हुँदैन।’
खतिवडाले खानेपानी मन्त्री प्रदीप यादव विगत एक महिनादेखि हराएको भन्दै कटाक्ष पनि गरे। सांसद खतिवडाले मधेसमा खानेपानीको हाहाकार हुँदा समेत मन्त्रीले जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाए।
‘मधेसमा खानेपानीको हाहाकार छ। मान्छेहरु गाग्री लिएर सडकमा आउने स्थिति सिर्जना भयो। संघीय संसदमा खानेपानी मन्त्री र मन्त्रालय पनि छ भन्ने जानकारी छ, उनले थप भने, एक महिनादेखि मन्त्री हराएको सूचना प्राप्त भयो। देखा पर्न सक्नु भएको छैन। मन्त्रीलाई संसदमा उपस्थित गराएर त्यहाँको समस्याको बारेमा सदनलाई जानकारी गराउन रुलिङको माग गर्दछु।







प्रतिक्रिया दिनुहोस्