ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओखलढुंगाका ४ हजार घर पहिरोको जोखिममा


abc news
श्रावण ७, २०८२ बुधबार  १० : ४५ बजे

काठमाडौ ७ साउन । ओखलढुंगाका आठ स्थानीय तहका चार हजारभन्दा बढी घर मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको अनुमान गरिएको छ । आठ स्थानीय तहका ३५ बस्तीका चार हजार ४७ घर बाढीपहिरोको जोखिममा रहेका हुन्।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी अनुप पौडेलका अनुसार विपद पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ का अनुसार जिल्लामा तीन हजार ९०४ घर पहिरो र १४३ घर बाढीजन्य विपद्को जोखिममा छन्।

स्थानीय तहहरुले जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराएको विवरणानुसार १२ हजार ३८४ मानिस उच्च जोखिममा छन् । सबैभन्दा बढी जिल्लाको खिजीदेम्बा गाउँपालिका–३ को एस्टेन, भित्ताखर्क, सतल्पु, गुरिफ, तनुवा, चप्लेटी खोला र चोस्पु गाउँका गरि दुई हजार ४२५ घरका छ हजार ७० नागरिक जोखिममा छन्।

मोलुङ गाउँपालिका–८ गौरीगाउँ, पलारु, खिम्ली, ओवाङ्गी, भीरकुना, रागाँदीप, टङ्कु र सेप्लुका गरी पाँच सय २० घरका दुई हजार ५०० मानिस पहिरोको जोखिममा छन् । चम्पादेवी गाउँपालिका–८ बिलन्दुका एक सय ६५ घर पनि पहिरोको उच्च जोखिममा छन्।

मानेभन्ज्याङ गाउँपालिका–६ र ७ मा अवस्थित टोक्सेलको हर्कपुर, माझीगाउँ र जयरामघाट तथा चम्पादेवी गाउँपालिका–१ पलापुको सुनकोशी नदी किनारका एक सय ४३ घर बाढी तथा डुबानको जोखिममा छन्। सुनकोशी, दुधकोशी र लिखु–३ नदीले घेरिएको ओखलढुङ्गा जिल्लामा नदी कटानको समेत समस्या छ। जिल्लाभित्रका खोलानालाले समेत वर्षाको समयमा जनधनको क्षति गर्ने गरेका छन्।

जोखिम बढेसँगै प्रशासनले सतर्कता अपनाउन नागरिकलाई आग्रह गर्दै जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थान्तरण गर्न स्थानीय तहलाई परिपत्र गरेको छ।

विपद् जोखिम न्यूनीकरण, उद्धार र राहतका लागि जिल्लास्तरीय संयन्त्र परिचालन गरिएको र स्थानीय तहहरूसँग समेत समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको भनाइ छ। विपद्को समयमा तत्कालै प्रयोग गर्न विभिन्न विद्यालय, क्लब, सामुदायिक भवन तथा खुला स्थानलाई व्यवस्थापन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

जिल्लाका सबै पालिकामा पहिरो र केही पालिकाको नदी तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम छ । भूक्षयका दृष्टिकोणले ओखलढुङ्गा कोशी प्रदेशमै सबैभन्दा बढी जोखिमयुुक्त जिल्ला हो । यहाँ बाढीपहिरोबाट बर्सेनि जनधनको क्षति हुँदै आएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

सम्बन्धित

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com