ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घनश्याम भुसालको कटाक्ष : सबै सम्भव तर, घुस नखाने राज्य व्यवस्था बनाउन असम्भव


abc news

काठमाडौ ६ साउन । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले विभिन्न समयमा भएका आन्दोलनबाट व्यवस्था परिवर्तन गरिएपनि सुशासन कायम हुन नसकेको बताएका छन् ।

पछिल्लो ३५ वर्षमा देशमा व्यवस्थागत परिवर्तन भएपनि भ्रष्टाचार अन्त्य हुन नसकेको उनको भनाइ छ ।

‘पञ्चायती शासन अन्त्य गर्न सकिन्छ, प्रजातन्त्र स्थापना गर्न सकिन्छ, राजतन्त्र फाल्न सकिन्छ, गणतन्त्र ल्याउन सकिन्छ, नाकाबन्दीका विरुद्ध भारतका गालामा तमाचा हान्न सकिन्छ, संविधान जारी गर्न सकिन्छ, यो सबै हुँदो रहेछ, तर घुस नखाने राज्य व्यवस्था बनाउन सकिँदो रहेनछ, यो हाम्रो दुर्भाग्य’, उनले भने ।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसको पूर्वसन्ध्यामा स्कुल अफ माक्सीज्मले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भुसालले एमाले, माओवादीलाई कटाक्ष गर्दै भने, ‘त्यत्रो क्रान्तिकारी पार्टी बनाउन सकिँदो रहेछ तर, घुस नखान सकिँदो रहेनछ ।’

पार्टी नेतृत्वकर्ताहरुले घुस खाएर पार्टी कब्जा गरेको भन्दै उनले आक्रोश पोखे । दलाल पूँजीवादकै विरुद्ध लडेर आएका कम्युनिष्ट पार्टीहरु अहिले उनीहरुको शरणमा परेको भुसालको छ ।

‘घुस खाने र पार्टी नेतृत्व कब्जा गर्नका लागि गुटबन्दी गर्न नसकिँदो रहेछ’, उनले भने ।

कम्युनिष्ट आन्दोलन स्खलित भएको भन्दै उनले ३५ वर्षयताको उपलब्धी हेर्दा विचित्र लाग्ने बताए । नेताहरुले आफ्नै छोराछोरीलाई रोजगारी दिन नसकेको भन्दै उनले मुलुकमा बेथिती बढेको बताए ।

आफूले प्रणालीगत र वैचारिकीको बहस उठाउन खोजेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com