ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनमोहन बाहेकका कम्युनिष्ट नेताले असुली धन्दा चलाएकै छन् – जनार्दन शर्मा


abc news

काठमाडौ ६ साउन । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालका कम्युनिष्ट प्रधानमन्त्रीहरूले असुली धन्दा गरेको ठहर भएकै जिकिर गरेका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसर पारेर सोमबार मार्क्सवादी अध्ययन केन्द्रले काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपमहासचिव शर्माले यस्तो बताएका हुन् ।

उनले ९ पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्दा पनि देशको गरिबीको अवस्था उस्तै रहेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले यो प्रश्न इतिहासकै सबैभन्दा बलियो प्रश्न रहेको पनि बताए ।

सम्बोधनको क्रममा उनले मनमोहन अधिकारी बाहेकका अन्य कम्युनिष्ट पार्टीका नेताले असुली धन्दा गरेको ठहर भएको जिकिर गरे ।

‘प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन,’ उपमहासचिव शर्माले भने, ‘दुस्खका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरू कम्युनिष्ट नेताले असुली धन्दा गरैकै छन्,यो ठहर भएकै छ ।’

उनले यसलाई आरोप नभइ यथार्थको रुपमा बुझ्न पनि आग्रह गरे ।

‘आज यहाँसम्म आइपुग्दा सायद ९ पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ । ९ पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनिरहँदा आज देशको गरिबीको अवस्था, बहुआयामिक गरिबीको जो अवस्था छ,’ उपमहासचिव शर्माले भने, ‘आज उत्पीडित जातीमाथिको अत्याचार के भइरहेको छ, पहिचानका मुद्दा जसरी हराइरहेका छन् । आज लाखौं लाख युवाहरू विदेशमा गएर विदेशको भूमिमा श्रम पसिना बगाइरहेका छन् ।’

उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेका सरकारले जनतालाई के दियो रु भन्दै प्रश्न गरे ।

‘आज इतिहासको सबैभन्दा कटु प्रश्न हो यो । ९ ९ पटक सरकारको नेतृत्व गर्दा हामीले के दियौं रु के बदल्यौं रु वा के गर्‍यौं रु यो गम्भीर प्रश्न छ । यो समाज परिवर्तनको नयाँ अभियानसँग सम्बन्धित प्रश्न हो,’ शर्माले भने ।

यो प्रश्नको उत्तर आजका कम्युनिष्ट पार्टीका व्यवहार र तरिकालाई फेर्न सक्छौं कि सक्दैनौं भन्ने मुख्य कुरा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com