ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यार्सा संडकलन गर्न लेकतिर मानिस, बर्षेनी यार्सा उत्पादनमा कमी


admin

बझाङ , १९ चैत । जिल्लाको आम्दानीको मुख्य स्रोत मानिने बहुमुल्य जडिबुटी यार्सागुम्बा सङकलन गर्न संङकलकहरु लेकतिर जान शुरु गरेका छन ।

गत बर्ष झै यसबर्ष पनि यार्साको सिजन आउँन थालेपछि बझाङका यार्सा संङलकहरु पनि यार्सा संङकलन गर्न लेकतिर जान शुरु गरेका हुन ।

जिल्लाको उच्च हिमाली भेगतिर पाइने यार्सागुम्बा संङकलन गर्न स्कूल पढ्ने स-साना बालबालिका देखि बृद्घहरु समेत लेकतिर जाने गरेको सुर्मा गाँउपालीकाका खडक वोहराले बताए ।
प्रत्येक बर्ष यार्सा संङकलकहरु चैत्र महिनाको अन्तिमतिर यार्सा संङकलन गर्न गएर असार महिनामा घर फर्किने गरेको यार्सा संङकलक लाल बहादुर बोहराले बताए ।

जिल्लको उत्तरी भेगका गाउँपालीका बासीन्दाहरुको यार्सा नै आम्दानीको मुख्य स्रोत भएकाले ग्रामिण भेगका विद्यालय पढ्ने विद्यार्थीहरु पनि यार्सा सङकलन गर्न लेकतिर जाने भएकाले धेरैजसो विद्यालयहरु ३ महिना सम्म बन्द हुने गरेका छन ।

बझाङमा बर्षेनी यार्सा उत्पादनमा कमी

बहुमुल्य जडिबुटी यार्सा उत्पादनका लागी राम्रो मानिएको बझाङ जिल्ला पछिल्ला वर्षमा यार्सा उत्पादनमा कमी भएको छ ।

यार्सा उत्पादन कम हुदै गएपछि संकलकहरुले पनि यार्सा कम पाउने हुदाँ जिल्लाको आर्थिक आम्दानीमा समेत ह्रास आएको छ । गएको ८ वर्ष बाट बझाङको् हिमाली क्षेत्रमा यार्सा संकलन गर्न थालिएको हो ।

हाल सम्मको संकलनको परिमाण हेर्दा २०७० सालमा सवै भन्दा बढी ३ क्विन्टल ७२ केजी संकलन भएको थियो । २०७० साल सम्म यार्सा संकलनको परिमाण बर्षेनी बढ्दै आएपनि पछिल्ला तिन वर्षयता भने लगातार यार्सा संकलन कम हुदै गएको छ ।

गतवर्ष ३ क्विन्टल ३८ किलो संकलन भएको यार्सा यसवर्ष २ क्युन्टल ३७ किलोमा झरेको छ । यार्सा वाट मात्र जिल्ला बन कार्यालयले ६० देखी ८० लाख सम्म राजश्व संकलन गदै आएको छ ।
पछिल्लो तिन वर्षयता लगातार यार्सा संकलन घट्दै गएको छ जिल्ला बन कार्यालयका कर्मचारीहरुको भनाइ छ ।

यार्सा उत्पादनको बृद्धि संगै मुल्यमा पनि प्रतिकेजी २२ लाख सम्म पुगेको यार्साको मुल्य गत विगत वर्ष झरेर १०।१२ लाख र यो वर्ष १६ लाखमा खरिद भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com