ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनबाट फर्किएर झलनाथले भने- अध्यक्ष माथि प्रश्न गर्नुपर्ने हुन सक्छ


abc news

काठमाडौ २८ असार । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव कुमार नेपालको विषयमा आफूहरूले पनि प्रश्न गर्ने अवस्था आउनसक्ने बताएका छन् ।

पतञ्जली जग्गा प्रकरणमा ३५ लाख धरौटीमा रिहा भएका अध्यक्ष नेपालबारे आफूले पार्टी बैठकमा दस्तावेजसहितको मत राखेको जानकारी गराउँदै खनालले यस्तो बताएका हुन् ।

शनिबार चीन भ्रमण सकेर स्वेदश फर्किएका खनाललाई सञ्चारकर्मीहरूले ‘भ्रष्टाचारको आरोप लागेर ३५ लाख धरौटीमा छुट्नुभएका तपाईंका पार्टी अध्यक्षले नेतृत्व गरेर पार्टी सबल र राम्रो हुन्छ भन्नेकुरा कसरी विश्वास गर्ने रु’ भनेर प्रश्न गरेका थिए ।

उक्त प्रश्न जायज भएको भन्दै खनालले सचिवालय बैठकमा आफूले यही विषयमा केन्द्रित रहेर एउटा दस्तावेज पेस गरेको र उक्त दस्तावेजमाथि छलफल भएपछि बाँकी कुरा भन्ने बताए ।

‘यो आम जनताको प्रश्न तपाईंले गर्नुभयो । हामीले पनि यस्ता प्रश्नहरू गर्नुपर्ने हुनसक्छ । मैले हाम्रो पार्टीको सचिवालयको भर्खरै सम्पन्न भएको बैठकमा एउटा लिखित दस्तावेज प्रस्तुत गरेको छु,’ सम्मानित नेता खनालले भने, ‘त्यो दस्तावेज अहिले मैले बाहिर ल्याएको छैन । त्यो पार्टीभित्रै पहिला राखौँ भनेकाले पार्टीभित्रै राखेको छु, त्यसबारेमा छलफल हुन्छ, हुनेवाला छ । त्यो छलफल भइसकेपछि यो बारेमा भन्नुपर्ने कुरा भन्नेछु ।’

पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टीको मात्रै नभइ सिंगो कम्युनिष्ट आन्दोलनलाई वैचारिक क्रान्ति कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यनीतिका बारेमा अघि बढाउन आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com