ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कुलिङ पिरियड’मा भएको फेरबदल गम्भीर त्रुटि हो, हामी सबै त्यसका अंशियार छौँ- विश्वप्रकाश


abc news

काठमाडौ २८ असार । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा गरिएको शब्द फेरबदल गम्भीर त्रुटि भएको र त्यसमा सबै सांसद अंशियार रहेको बताएका छन्।

यसैले अब त्यस्तो गल्ती नहोस् भनेर आफूले केही दिनअघि मात्र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसद्‌को कार्यसूचीबाट हटाउन लगाएको उनले उल्लेख गरेका छन्।

‘निजामती विधेयकको ‘कुलिङ पिरियड’ सन्दर्भमा भएको शब्द फेरबदल गम्भीर त्रुटि हो। हामी सबै त्यसका अंशियार छौँ( मात्रात्मक रूपमा कमबेसी होला। यसमा सर्वदलीय छानबिन समिति पनि बनेको छ’, रासससँग अन्तर्वार्तामा शनिबार सांसद शर्माले भनेका छन्, ‘तर विधेयकको सन्दर्भमा कम छलफल हुन्छ भन्ने होइन। राज्य व्यवस्था समितिमा निजामती विधेयक पनि लामो समय छलफल भएको थियो। भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न २०७६ सालमा आएको विधेयक पनि सोही समितिले लामो छलफलपछि संसद्‌मा पठाएको हो। कहिलेकाहीँ हतारिएर विधेयक पारित गराउने प्रयास हुन्छ, त्यस्तो रोक्न हामी लागेका छौँ। केही दिनअघि संसद्‌मा प्रस्तुत गर्ने तयारीसहित कार्यसूचीमा राखिएको भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा सहमति जुटाएर मात्र अगाडि बढाउनुपर्ने भन्दै कार्यसूचीबाट हटाउन मैले नै पहल गरेको थिएँ।’

राज्य व्यवस्था तथा सुशसान समितिबाट सर्वसम्मत पारित संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा राखिएको ुकुलिङ अफ पिरियडुसम्बन्धी व्यवस्थामा प्रतिनिधि सभाबाट पास गरिँदा ‘बाहेक’ शब्द थपिएको पाइएको हो। जसले कुलिङ अफ पिरियडुलाई निष्क्रिय बनाएको छ। जसले गर्दा सांसदहरूले विधेयक नपढी पास गर्दा रहेछन् भन्ने आलोचना भइरहेको छ।

उक्त त्रुटि कसरी भयो भन्ने विषयमा छानबिन गर्न संसदीय समिति गठन गरिएको छ। जसले बुधबार मात्र आफ्नो कार्यविधिलाई अन्तिम रूप दिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com