ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक पक्राउ


abc news
असार २८, २०८२ शनिबार  ३ : ३९ बजे

काठमाडौ २८ असार । करोडौं रकम अपचलनको आरेप लागेका रुपन्देहीको तिलोत्तमा–३ स्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त सहकारीमा करिब १५ करोड रुपैयाँ अपचलनको आशंका गरिएको छ । सहकारीका व्यवस्थापक बसन्त पराजुलीलाई सहकारी संस्थाको कार्यालयबाटै शुक्रबार साँझ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

पराजुलीविरुद्ध सहकारीका शेयर सदस्य र बचतकर्ताहरुले ठगीको आरोपमा उजुरी दिएका थिए । जसमा अदालतले पक्राउ पुर्जी जारी गरेकाले पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको रानाले बताए ।

पराजुलीलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ । आज शनिबार भएकाले आइतबार अदालतबाट म्याद थपका लागि लगिने डीएसपी रानाले बताए ।

व्यवस्थापक पराजुलीले आफूसहित श्रीमती, छोरी र छोराको नाममा लिएको ऋण नौ करोड ५५ लाख ३० हजार अठासी रुपैयाँ देखिएको र उक्त रकम सहकारीलाई तिर्ने कबुलियतनामा २०८२ साल जेठ ५ गते गरिएको थियो । त्यसपछि उनलाई संस्थाले निलम्बन गरेको थियो । पराजुलीले तिलोत्तमाको शान्तिचोकमा खाजा खजाना होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

तमसुकमा ऋणी देखाइएका छोरी र छोरालाई नै साक्षी बसालेकोले सहकारीका अध्यक्ष र सचिवले यो कागज गराएर निलम्बित गरेका हुन् वा व्यवस्थापक पराजुलीले आफैँ गरेका हुन् भन्ने तथ्य अडिट रिपोर्टपछि मात्रै थाहा हुने प्रहरीको भनाइ छ ।

सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्रीविरुद्ध पनि बचतकर्ताहरुले ठगीको उजुरी दिएका छन् । डीएसपी रानाले भने अनुसन्धान भइरहेकाले अध्यक्ष र सचिवबारे अहिले भन्न नमिल्ने बताए ।

सहकारीको वचत अपचलनको तथ्य बाहिरिएपछि धेरै दिनसम्म सम्पर्कविहीन व्यवस्थापक पराजुलीले सम्पत्ति जोगाउन श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको आरोप लागेको छ ।

व्यवस्थापक वसन्त पराजुली र उनकी श्रीमती बिना पराजुलीले सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिएका सहकारीका पीडित बचतकर्ताहरुले बताएका छन् ।

अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्री पनि फरार छन् । वचतकर्ताहरुले अध्यक्ष र सचिवले पनि सम्पति जोगाउन व्यस्थापकले जस्तै किर्ते सम्बन्ध विच्छेद गर्नस क्ने आशंका व्यक्त गर्दै त्यसो हुन नदिन दिनहुँ उनीहरुको घर घेराउ गर्न थालेका छन् ।

व्यवस्थापक पराजुली सम्पर्कविहीन भएकै अवस्थामा पराजुलीकी श्रीमती बिना पराजुलीले बुधबार जिल्ला अदालत रूपन्देहीमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी थिइन् ।

आफ्नो नाममा रहेको जायजेथा समेत तानिने डरले उनीहरूले सम्बन्ध विच्छेदको लागि अदालतमा निवेदन दिएको भन्दै बचतकर्ताहरूले बिहीबार र शुक्रबार व्यवस्थापक,अध्यक्ष र सचिवको घर घरोउ गरेका थिए ।

सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको सूचना पाएका बचतकर्ताहरूले पराजुली र सहकारीको कार्यालयमा घेराउ गरेपछि निवेदक बिना पराजुलीलाई समेत निगरानीमा राखिएको प्रहरीले जनाएको छ । बिनाले बुधबार जिल्ला अदालत रूपन्देहीमा सम्बन्ध विच्छेदका लागि दर्ता गरेको निवेदनको रेकर्ड ९रेकर्ड नम्बर ६७–०८१–०८२०३० मा सम्बन्ध विच्छेद ९सरल मार्ग० उल्लेख छ ।

बचतकर्ताहरूले सहकारीको रकम हिनामिना गरी लगेको रकम श्रीमती र उनका आफन्तहरूको नाममा समेत जम्मा गरेको र हिनामिना गरेको रकम पचाउने दाउमा कागजी सम्बन्ध विच्छेद गर्न लागेको आरोप लगाएका छन् ।

बचतकर्ताहरूले बिनालाई समेत नियन्त्रणमा लिएर पराजुली दम्पतीले गर्न लागेको कागजी सम्बन्ध विच्छेदको निवेदन फिर्ता गर्ने सहमतिमा प्रहरीको जिम्मा लगाएका थिए ।

२०५० सालमा स्थापित यो सहकारी संस्थामा हाल करिब दुई हजार सदस्य छन् ।

कुल ३८ करोड रूपैयाँ पुँजी रहेको सहकारी संस्थाका अध्यक्ष र सचिव मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन छन् । उपाध्यक्ष बलराम न्यौपाने र कोषाध्यक्ष सुरेन्द्र वज्राचार्यले भने स्वतन्त्र लेखा परीक्षकले अध्ययन गरिरहेकाले सहकारीको अवस्था के हो भन्ने यकिन भएपछि मात्रै अघि बढ्ने बताउँदै आएका छन् ।

सहकारीमा कुल कति रकम बचत थियो र कति सदस्य आबद्ध थिए भन्ने यकिन छैन । सञ्चालक समितिका केही पदाधिकारीका अनुसार कम्तीमा १५ करोडदेखि २५ करोड रूपैयाँसम्म हिनामिना भएको आशंका छ ।

सहकारीका अध्यक्ष, सचिव, व्यवस्थापक सहित एकाध वाहेक सबै सञ्चालक सत्तारुढ दल नेपाली कांग्रेसका स्थानीय नेताहरु छन् । अध्यक्ष तिवारी १७ वर्षदेखि अध्यक्ष पदमा रहेका र एउटै दलका मान्छेको वर्चश्व रहेकाले मिलेमतोमा वचत अपचलन भएको वचतकर्ता चेतबहादुर बस्नेतको बुझाइ छ ।

प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा ९१० मा, एउटै व्यक्ति लगातार एउटै पदमा दुई पटकभन्दा बढी सञ्चालक हुन नपाउने व्यवस्था छ । यो ऐन बन्नु भन्दा अगाडि पनि नेतृत्वमा दुई कार्यकाल भन्दा बढी बस्नु संघीय कानुन विपरित छ । तर स्थानीय कांग्रेस नेता तिवारी राजनीतिक शक्तिको आडमा ऐनलाई कुल्चेर यो सहकारीमा १७ वर्षदेखि अध्यक्ष पदमा थिए ।

सहकारीमा बद्मासी भएको छनक पाएपछि करिब चारसयजना सदस्यले बचत फिर्ताका लागि सहकारीमा निवेदन दिएका छन् । निवेदनपछि सहकारी सञ्चालक समिति तथा सहकारीका केही सदस्य बसेर १९ असारदेखि सर्वसाधारणको बचत फिर्ता गर्ने सहमति अनुसार निर्णय भएको थियो ।

तर सहकारीका अध्यक्ष र सचिवले अर्को दिन उक्त सहमतिको माइन्युट नै च्यातेर फरार भएका छन् । वचतकर्ताको निवेदनपछि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयबाट आएको टोलीले अध्ययन अनुसन्धान गरिरहेको छ । सहकारीको रकम अध्यक्ष तिवारी र सचिव थापाले घडेरी, होटल तथा चुनढुंगा खानीमा लगानी गरेको शेयर सदस्यहरुको दावी छ । अध्यक्ष तिवारीले संस्थाको करिब ६ देखि ८ करोड,सचिव रामबहादुर थापाले ३ करोडभन्दा बढी रकम र सञ्चालक सदस्य सनत गौतमले १ करोड २५ लाखभन्दा बढी रकम अपचलन गरेको सहकारीकै एक पदाधिकारीको दावी छ ।

वचतकर्तालाई रकम फिर्ता दिने सहकाति र निर्णयको माइन्युट नै च्यातेर फरार भएपछि उनीहरूले अरु रकम पनि हिनामिना गरेको अनुमान छ । लेखापरीक्षकले दिने अन्तिम रिपोर्टपछि मात्र कति हिनामिना भएको यकिन हुने सहकारीका कोषाध्यक्ष सुरेन्द्र वज्राचार्यले बताए ।

सहकारी ऐन, निर्देशन तथा मापदण्डअनुसार सहकारीका सञ्चालकले बचत रकमको पाँच गुणा वा बढीमा पाँच लाखमध्ये जुन कम हुन्छ सो बराबरको रकम मात्र बिनाधितो ऋण लिन सक्छन् । यसरी बिनाधितो कर्जा प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यहरूको जमानी लिनुपर्ने व्यवस्था छ ।

तर यो सहकारीमा ऐन विपरित वचत अपचलन भएको छ । सहकारीका व्यवस्थापक, अध्यक्ष र सचिवले सहकारीको सफ्ट्वेयरमा नै मिलाएर आफूखुसी बचतकर्ताको रकम दुरुपयोग गर्ने गरेको भेटिएको छ । ऋण नै नलगेका बचतकर्ताको नाममा ऋण प्रवाह गर्ने गरेको र कम रकम ऋण लगेका ऋणीका नाममा थप ऋण लगेको देखाइएको छ ।

सुरुमा व्यवस्थापक वसन्त पराजुलीले रकम हिनामिना गरेको भनेर ८ करोड ५० लाखको कागज बनाएर उनलाई निलम्बन गरिएको थियो । तर थप छानबिनको विषय उठ्न थालेपछि अध्यक्ष तिवारी र सचिव थापा छानबिनका लागि सहयोग गर्नुको सट्टा बैठक छल्दै काठमाडौं गएपछि थप बद्मासीको आशंका भएर करिब चार सय सदस्यले वचत फिर्ताको निवेदन दिएका थिए ।

यो सहकारीले मुख्यरुपमा दूध संकलन र बिक्रीको कारोबार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

“लचिलो यथार्थवाद” को झूटो वाचा

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

प्रचण्डको सन्देश: “रचनात्मक काममा साथ, गल्तीमा खबरदारी”

सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४ को ‘राष्ट्रिय क्षति’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com