ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक पक्राउ


abc news

काठमाडौ २८ असार । करोडौं रकम अपचलनको आरेप लागेका रुपन्देहीको तिलोत्तमा–३ स्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त सहकारीमा करिब १५ करोड रुपैयाँ अपचलनको आशंका गरिएको छ । सहकारीका व्यवस्थापक बसन्त पराजुलीलाई सहकारी संस्थाको कार्यालयबाटै शुक्रबार साँझ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

पराजुलीविरुद्ध सहकारीका शेयर सदस्य र बचतकर्ताहरुले ठगीको आरोपमा उजुरी दिएका थिए । जसमा अदालतले पक्राउ पुर्जी जारी गरेकाले पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको रानाले बताए ।

पराजुलीलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ । आज शनिबार भएकाले आइतबार अदालतबाट म्याद थपका लागि लगिने डीएसपी रानाले बताए ।

व्यवस्थापक पराजुलीले आफूसहित श्रीमती, छोरी र छोराको नाममा लिएको ऋण नौ करोड ५५ लाख ३० हजार अठासी रुपैयाँ देखिएको र उक्त रकम सहकारीलाई तिर्ने कबुलियतनामा २०८२ साल जेठ ५ गते गरिएको थियो । त्यसपछि उनलाई संस्थाले निलम्बन गरेको थियो । पराजुलीले तिलोत्तमाको शान्तिचोकमा खाजा खजाना होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

तमसुकमा ऋणी देखाइएका छोरी र छोरालाई नै साक्षी बसालेकोले सहकारीका अध्यक्ष र सचिवले यो कागज गराएर निलम्बित गरेका हुन् वा व्यवस्थापक पराजुलीले आफैँ गरेका हुन् भन्ने तथ्य अडिट रिपोर्टपछि मात्रै थाहा हुने प्रहरीको भनाइ छ ।

सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्रीविरुद्ध पनि बचतकर्ताहरुले ठगीको उजुरी दिएका छन् । डीएसपी रानाले भने अनुसन्धान भइरहेकाले अध्यक्ष र सचिवबारे अहिले भन्न नमिल्ने बताए ।

सहकारीको वचत अपचलनको तथ्य बाहिरिएपछि धेरै दिनसम्म सम्पर्कविहीन व्यवस्थापक पराजुलीले सम्पत्ति जोगाउन श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको आरोप लागेको छ ।

व्यवस्थापक वसन्त पराजुली र उनकी श्रीमती बिना पराजुलीले सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिएका सहकारीका पीडित बचतकर्ताहरुले बताएका छन् ।

अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्री पनि फरार छन् । वचतकर्ताहरुले अध्यक्ष र सचिवले पनि सम्पति जोगाउन व्यस्थापकले जस्तै किर्ते सम्बन्ध विच्छेद गर्नस क्ने आशंका व्यक्त गर्दै त्यसो हुन नदिन दिनहुँ उनीहरुको घर घेराउ गर्न थालेका छन् ।

व्यवस्थापक पराजुली सम्पर्कविहीन भएकै अवस्थामा पराजुलीकी श्रीमती बिना पराजुलीले बुधबार जिल्ला अदालत रूपन्देहीमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी थिइन् ।

आफ्नो नाममा रहेको जायजेथा समेत तानिने डरले उनीहरूले सम्बन्ध विच्छेदको लागि अदालतमा निवेदन दिएको भन्दै बचतकर्ताहरूले बिहीबार र शुक्रबार व्यवस्थापक,अध्यक्ष र सचिवको घर घरोउ गरेका थिए ।

सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको सूचना पाएका बचतकर्ताहरूले पराजुली र सहकारीको कार्यालयमा घेराउ गरेपछि निवेदक बिना पराजुलीलाई समेत निगरानीमा राखिएको प्रहरीले जनाएको छ । बिनाले बुधबार जिल्ला अदालत रूपन्देहीमा सम्बन्ध विच्छेदका लागि दर्ता गरेको निवेदनको रेकर्ड ९रेकर्ड नम्बर ६७–०८१–०८२०३० मा सम्बन्ध विच्छेद ९सरल मार्ग० उल्लेख छ ।

बचतकर्ताहरूले सहकारीको रकम हिनामिना गरी लगेको रकम श्रीमती र उनका आफन्तहरूको नाममा समेत जम्मा गरेको र हिनामिना गरेको रकम पचाउने दाउमा कागजी सम्बन्ध विच्छेद गर्न लागेको आरोप लगाएका छन् ।

बचतकर्ताहरूले बिनालाई समेत नियन्त्रणमा लिएर पराजुली दम्पतीले गर्न लागेको कागजी सम्बन्ध विच्छेदको निवेदन फिर्ता गर्ने सहमतिमा प्रहरीको जिम्मा लगाएका थिए ।

२०५० सालमा स्थापित यो सहकारी संस्थामा हाल करिब दुई हजार सदस्य छन् ।

कुल ३८ करोड रूपैयाँ पुँजी रहेको सहकारी संस्थाका अध्यक्ष र सचिव मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन छन् । उपाध्यक्ष बलराम न्यौपाने र कोषाध्यक्ष सुरेन्द्र वज्राचार्यले भने स्वतन्त्र लेखा परीक्षकले अध्ययन गरिरहेकाले सहकारीको अवस्था के हो भन्ने यकिन भएपछि मात्रै अघि बढ्ने बताउँदै आएका छन् ।

सहकारीमा कुल कति रकम बचत थियो र कति सदस्य आबद्ध थिए भन्ने यकिन छैन । सञ्चालक समितिका केही पदाधिकारीका अनुसार कम्तीमा १५ करोडदेखि २५ करोड रूपैयाँसम्म हिनामिना भएको आशंका छ ।

सहकारीका अध्यक्ष, सचिव, व्यवस्थापक सहित एकाध वाहेक सबै सञ्चालक सत्तारुढ दल नेपाली कांग्रेसका स्थानीय नेताहरु छन् । अध्यक्ष तिवारी १७ वर्षदेखि अध्यक्ष पदमा रहेका र एउटै दलका मान्छेको वर्चश्व रहेकाले मिलेमतोमा वचत अपचलन भएको वचतकर्ता चेतबहादुर बस्नेतको बुझाइ छ ।

प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा ९१० मा, एउटै व्यक्ति लगातार एउटै पदमा दुई पटकभन्दा बढी सञ्चालक हुन नपाउने व्यवस्था छ । यो ऐन बन्नु भन्दा अगाडि पनि नेतृत्वमा दुई कार्यकाल भन्दा बढी बस्नु संघीय कानुन विपरित छ । तर स्थानीय कांग्रेस नेता तिवारी राजनीतिक शक्तिको आडमा ऐनलाई कुल्चेर यो सहकारीमा १७ वर्षदेखि अध्यक्ष पदमा थिए ।

सहकारीमा बद्मासी भएको छनक पाएपछि करिब चारसयजना सदस्यले बचत फिर्ताका लागि सहकारीमा निवेदन दिएका छन् । निवेदनपछि सहकारी सञ्चालक समिति तथा सहकारीका केही सदस्य बसेर १९ असारदेखि सर्वसाधारणको बचत फिर्ता गर्ने सहमति अनुसार निर्णय भएको थियो ।

तर सहकारीका अध्यक्ष र सचिवले अर्को दिन उक्त सहमतिको माइन्युट नै च्यातेर फरार भएका छन् । वचतकर्ताको निवेदनपछि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयबाट आएको टोलीले अध्ययन अनुसन्धान गरिरहेको छ । सहकारीको रकम अध्यक्ष तिवारी र सचिव थापाले घडेरी, होटल तथा चुनढुंगा खानीमा लगानी गरेको शेयर सदस्यहरुको दावी छ । अध्यक्ष तिवारीले संस्थाको करिब ६ देखि ८ करोड,सचिव रामबहादुर थापाले ३ करोडभन्दा बढी रकम र सञ्चालक सदस्य सनत गौतमले १ करोड २५ लाखभन्दा बढी रकम अपचलन गरेको सहकारीकै एक पदाधिकारीको दावी छ ।

वचतकर्तालाई रकम फिर्ता दिने सहकाति र निर्णयको माइन्युट नै च्यातेर फरार भएपछि उनीहरूले अरु रकम पनि हिनामिना गरेको अनुमान छ । लेखापरीक्षकले दिने अन्तिम रिपोर्टपछि मात्र कति हिनामिना भएको यकिन हुने सहकारीका कोषाध्यक्ष सुरेन्द्र वज्राचार्यले बताए ।

सहकारी ऐन, निर्देशन तथा मापदण्डअनुसार सहकारीका सञ्चालकले बचत रकमको पाँच गुणा वा बढीमा पाँच लाखमध्ये जुन कम हुन्छ सो बराबरको रकम मात्र बिनाधितो ऋण लिन सक्छन् । यसरी बिनाधितो कर्जा प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यहरूको जमानी लिनुपर्ने व्यवस्था छ ।

तर यो सहकारीमा ऐन विपरित वचत अपचलन भएको छ । सहकारीका व्यवस्थापक, अध्यक्ष र सचिवले सहकारीको सफ्ट्वेयरमा नै मिलाएर आफूखुसी बचतकर्ताको रकम दुरुपयोग गर्ने गरेको भेटिएको छ । ऋण नै नलगेका बचतकर्ताको नाममा ऋण प्रवाह गर्ने गरेको र कम रकम ऋण लगेका ऋणीका नाममा थप ऋण लगेको देखाइएको छ ।

सुरुमा व्यवस्थापक वसन्त पराजुलीले रकम हिनामिना गरेको भनेर ८ करोड ५० लाखको कागज बनाएर उनलाई निलम्बन गरिएको थियो । तर थप छानबिनको विषय उठ्न थालेपछि अध्यक्ष तिवारी र सचिव थापा छानबिनका लागि सहयोग गर्नुको सट्टा बैठक छल्दै काठमाडौं गएपछि थप बद्मासीको आशंका भएर करिब चार सय सदस्यले वचत फिर्ताको निवेदन दिएका थिए ।

यो सहकारीले मुख्यरुपमा दूध संकलन र बिक्रीको कारोबार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com