ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एयर इन्डियाको विमान खस्नुअघि ककपिटमा दुई पाइलटबीच भएको थियो यस्तो कुरा


abc news

काठमाडौ २८ असार । गत जुन १२ तारिख भारतको अहमदाबादमा विमान दुर्घटना भएको ठिक एक महिनापछि यसको प्रारम्भिक अनुसन्धान प्रतिवेदन जारी गरिएको छ।

यो प्रतिवेदन भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो ९एएआईबी० ले शनिबार जुलाई १२ तारिख० सार्वजनिक गरेको हो।

प्रतिवेदनले विमान भुइँमा बजारिनुअघि दुई पाइलटबीच भएको कुराकानीलाई प्रस्तुत गरेको छ। यो कुराकानी ककपिट भ्वाइस रेकर्डरमार्फत प्राप्त गरिएको हो।

प्रतिवेदनअनुसार, उडेको केही सेकेन्डपछि विमानका दुवै इन्जिन अचानक बन्द भए। त्यसबेला दुई पाइलटबीच भएका कुरा अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ।

तपाईंले कटअफ किन गर्नु भयो

विमान अहमदाबादस्थित विमानस्थलबाट बेलायतको लन्डनस्थित ग्याटविक विमानस्थलका लागि उडेको थियो।

जसमा एटीपीएल लाइसेन्स प्राप्त क्याप्टेन ९पीआईसी०, सीपीएल लाइसेन्स प्राप्त सह(पाइलट र दस जना क्याबिन क्रु थिए।

यस विमानका मुख्य पाइलट क्याप्टेन सुमित सभरवाल थिए र क्लाइभ कुन्दर पनि पहिलो अधिकारीका रूपमा उनीसँगै थिए।

दुवै पाइलट मुम्बईका थिए र एक दिनअघि मात्र अहमदाबाद पुगेका थिए। उडानअघि उनीहरूले पर्याप्त आराम पाएका थिए।

यस उडानका क्रममा सह(पाइलटले विमान उडाइरहेका थिए र क्याप्टेनले निगरानी गरिरहेका थिए।

उडेपछि विमानले भारतीय समयअनुसार १३स्३८स्४२ मा १८० नटको अधिकतम रेकर्ड गरिएको वायुगति हासिल गर्‍यो।

लगत्तै इन्जिन १ र इन्जिन २ को इन्धन कट(अफ स्विच एक(एक गरी ुरन टु कट(अफु स्थितिमा गयो, जुन एक सेकेन्डको फरकमा भएको थियो।

इन्जिनको इन्धन आपूर्ति बन्द हुनेबित्तिकै इन्जिन १ र इन्जिन २ को गति टेकअफ स्तरबाट घट्न थाल्यो।

प्रतिवेदनअनुसार, ककपिट भ्वाइस रेकर्डिङमा एक पाइलटले अर्कालाई सोधे( किन कटअफ गरेकोरु

अर्का पाइलटले जवाफ दिए( होइन, गरेको छैन।

प्रतिवेदनमा कुन आवाज कुन पाइलटको हो भन्ने कुरा स्पष्ट छैन।

केही सेकेन्डपछि एक पाइलटले जमिनमा रहेका हवाई ट्राफिक नियन्त्रण अधिकारीलाई ुमेडे, मेडे, मेडेु सन्देश पठाए।

उनीहरूले कुनै प्रतिक्रिया पाएनन् र तुरुन्तै विमान दुर्घटना भयो।

अनुसन्धानकर्ताहरूले एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदनबाट दुई महत्त्वपूर्ण कुरा खुलासा गरेका छन्।

पहिलो कुरा के हो भने उडेको केही सेकेन्डपछि विमानका दुवै इन्जिनका इन्धन कट(अफ स्विच रनबाट कट(अफ पोजिसनमा सरेका थिए, जसका कारण विमान अचानक १८० नटको गतिमा रोकियो।

ककपिटको भ्वाइस रेकर्डिङमा एक पाइलटले अर्कालाई इन्जिन किन बन्द गरेको भनेर सोधे तर जवाफ गरेको छैन भन्ने आयो।

अनुसन्धान प्रतिवेदनबारे एयर इन्डियाको प्रतिक्रिया

एयर इन्डियाले दुर्घटनाबारे प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएपछि विज्ञप्ति जारी गरेको छ।

उसले ुदुर्घटनापीडित परिवारका पक्षमा उभिएकोु र अनुसन्धान एजेन्सीहरूलाई पूर्ण रूपमा सहयोग गरिरहेको बताएको छ।

विज्ञप्तिमा प्रतिवेदनका विवरणबारे कुनै टिप्पणी गरिएको छैन।

विज्ञप्तिमा भनिएको छ, ‘एयर इन्डिया एआई१७१ दुर्घटनाबाट पीडित परिवारहरूको साथमा छ। हामी यो दुस्खद घटनाले शोकमा छौँ र सबै सम्भावित सहयोग प्रदान गर्न प्रतिबद्ध छौँ। हामी १२ जुलाई २०२५ मा विमान दुर्घटना अनुसन्धान ब्युरो ९एएआईबी० द्वारा जारी गरिएको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको पुष्टि गर्छौं।’

उनले अगाडि भनेको छ, ‘एयर इन्डियाले नियामकहरूसहित सबै सम्बन्धित पक्षहरूसँग नजिकबाट काम गरिरहेको छ। हामी अनुसन्धानमा एएआईबी र अन्य अधिकारीलाई पूर्ण सहयोग गर्न जारी राख्नेछौँ। अनुसन्धान जारी रहेकाले हामी कुनै पनि विशेष विवरणमा टिप्पणी गर्न सक्दैनौँ र त्यस्ता सबै प्रश्न एएआईबीलाई गर्न आग्रह गर्दछौँ।’

जुन १२ मा अहमदाबादस्थित विमानस्थलबाट उडान एआई १७१ लन्डनका लागि उडेको केही समयपछि मेडिकल होस्टल भवनमा ठोकिँदै खसेको थियो।

दुर्घटनामा चालक दलका सदस्यसमेत विमानमा रहेका २४१ यात्रु र मेडिकल होस्टल भवनमा बसेका २९ जनाको गरी २७० जनाको मृत्यु भयो।

दुर्घटनामा विमानका एक यात्रु मात्र बाँच्न सफल भए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com