ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशमा केही भएन भन्ने भाष्य गलत- उपप्रधानमन्त्री सिंह


abc news

काठमाडौ २८ असार । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएको छैन भन्ने गलत भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन्।

शनिबार काठमाडौँमा नेपाली कांग्रेस नागार्जुन नगरपालिका–२ ले आयोजना गरेको ‘एसइई सम्मान’ कार्यक्रममा उनले युवा विद्यार्थीहरूलाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह गरे।

उनले भने, ‘देशमा केही भएन, हुँदैन भन्ने गलत भाष्य बनाउन खोजिएको छ। जसले जे भने पनि त्यसलाई पत्याएर लहैलहैमा लाग्नुहुँदैन। युवा विद्यार्थीहरूले सत्य–तथ्य बुझेर विवेकको प्रयोग गर्नुपर्छ। विगतमा के थियो र अहिले के परिवर्तन भएको छ, युवा र विद्यार्थीहरूले आफ्ना अग्रज र अभिभावकहरूसँग सोधेमा स्पष्ट हुन्छ। अझै धेरै गर्न बाँकी छ, तर केही नभएको भन्ने भाष्य गलत हो।’

उनले नेपालको शिक्षा क्षेत्रमा विगतको तुलनामा उल्लेखनीय प्रगति भएकोमा जोड दिए। आफू विद्यार्थी हुँदा विषय छनोटमा सीमितता रहेको स्मरण गर्दै उपप्रधानमन्त्री सिंहले नेपालमै बसेर अन्तरराष्ट्रियस्तरको शिक्षा प्राप्त गर्न सकिने अवस्था सिर्जना भएको बताए।

‘देशलाई विकास र निर्माणको बाटोमा अगाडि बढाउने जिम्मेवारी हाम्रो हो, यसमा हामी गम्भीर भएर काम गर्नुपर्छ र गरिरहेका छौँ,’ उनले भने। उपप्रधानमन्त्री सिंहले अध्ययनका लागि मात्र विदेश जानुपर्ने बाध्यता अहिले नरहेको बताउँदै देशमै बसेर उच्च शिक्षा आर्जन गर्न विद्यार्थीहरूलाई आग्रह गरे। रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com