ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्ययोजना बनाउन सरकारलाई निर्देशन


admin
श्रावण १६, २०७४ सोमबार  ७ : ३४ बजे

काठमाडौं, १६ साउन । सार्वजनिक लेखा समितिले दुरसंचार सेवाको विस्तार, गुणस्तर र प्रतिफल कायम हुनेगरी तीन महिने, अर्धवार्षिक र बार्षिक कार्ययोजना बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको बैठकले दुरसंचार सेवाको विस्तार, गुणस्तर र प्रतिफल कायम हुनेगरी ३ महिने, अर्धवार्षिक र बार्षिक कार्ययोजना बनाई एक हप्ताभित्र समितिमा पेश गर्न नेपाल टेलिकमलाई निर्देशन दिएको हो । लगानी अनुसारको सेवा विस्तार र गुणस्तर कायम हुनेगरी कार्ययोजना बनाई समितिमा पेश गर्न नेपाल टेलिकमलाई पुन: निर्देशन दिनु परेको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

समितिले टेलिकमको वित्तीय अवस्था कमजोर भएको पाएपछि लागत कम गर्न र आयवृद्धि हुने गरी योजना बनाउन पनि टेलिकमलाई सचेत गराएको छ ।

समितिले काठमाडौं र पोखरामा विस्तार गरिएको फोरजी सेवा अपेक्षा गरेअनुसार हुन नसक्नुको कारण खोजी गर्न पनि नेपाल टेलिकमलाई सचेत गराएको छ ।

बैठकमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले फोरजी सेवा विस्तारको कामलाई अब उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

जनतालाई न्याय दिन अध्यादेश ः रास्वपा नेता, आले । भिडियो

सम्बन्धित

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धि : लक्ष्य ठूलो, चुनौती अझ ठूलो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मन्त्रीको महललाई ‘नक्सा’ नचाहिने, गरिबको झुपडीलाई ‘डोजर’ चाहिने: सरकार, यो कस्तो ‘अटेरी’ न्याय?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com