ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साना तथा मझौला जलविद्युत् आयोजनाका समस्या समाधानमा सरकारले सहजीकरण गर्ने


abc news

काठमाडौ २८ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले साना तथा मझौला जलविद्युत् आयोजनाका समस्या समाधानमा सरकारले सहजीकरण गर्ने बताएका छन् ।

शुक्रबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआइडिसीएल० को १४औँ वार्षिकोत्सव समारोहमा उनले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना तथा मझौला जलविद्युत् आयोजनाका समस्या एचआइडिसीएलले हेर्नुपर्नेमा जोड दिँदै सरकारले आवश्यक सहजीकरण गर्ने उल्लेख गरे ।

”सरकार मातहतको कम्पनी एचआइडिसीएलले विभिन्न आयोजना निर्माणका क्रममा वित्तीय अभावका कारण समस्या परेका साना आयोजनालाई पुँजी अभाव हुन दिनुहुँदैन । २५ मेगावाट भन्दा कम क्षमताका आयोजनामा लगानी नगर्ने भनिएकामा त्यसलाई तत्काल परिमार्जन गर्नुपर्छ । साना, ठूला वित्तीय समस्यामा परेका आयोजनालाई लगानी गर्ने सरकारको दायित्व हो”, खड्काले भने ।

साना र मझौला आयोजनाले पनि ऊर्जा क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिएका उनको भनाइ छ । मन्त्री खड्काले ठूला आयोजना र लगानीकर्तालाई आकर्षित गर्न एचआइडिसीएलले सहजीकरणको भूमिका मजबुत बनाउँदै आवश्यक परे ऋण र इक्विटीका माध्यमबाट वित्तीय अभाव समाधान गर्नुपर्नेमा जोड दिए । सबैलाई सहज हुने किसिमका नीति अवलम्बन गर्दै जानुपर्ने उनको भनाइ छ ।

ऊर्जामन्त्री खड्काले मुलुकको ऊर्जा आत्मनिर्भरता र निर्यातको सम्भावनालाई साकार बनाउन निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे । ”आजको आवश्यकताअनुसार नयाँ सोच र प्रविधिसँगै निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्छ”, उनले भने ।

उनले जलस्रोत मुलुकको प्राकृतिक सम्पत्ति भएकाले यसको वैज्ञानिक र दिगो उपयोगमा सरकार प्रतिबद्ध रहेको बताए । जलविद्युत् परियोजनाहरूको निर्धारित समयमा सम्पन्नता, गुणस्तरीय निर्माण र लगानीमैत्री वातावरण सिर्जनामा नीतिगत सुधारलाई मन्त्रालयले अघि बढाइरहेको उनले जानकारी दिए ।

ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रमा थप लगानी भित्र्याउन सके मुलुकको आर्थिक समृद्धि सम्भव हुने धारणा राखे । ”प्राकृतिक स्रोत र खनिजको सदुपयोग गरेर मात्रै देशलाई समृद्धिको बाटोमा ल्याउन सकिन्छ”, उनले भने । एचआइडिसीएल ऊर्जा क्षेत्रको बैंकको पनि बैंक बन्न सक्ने उनको भनाइ छ ।

एचआइडिसीएलका अध्यक्षसमेत रहेका मन्त्रालयका सचिव सुरेश आचार्यले कम्पनीको १४ वर्षे यात्रामा निजी तथा सार्वजनिक क्षेत्रको सहकार्यले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्राप्तिका लागि एचआइडिसीएलले सकारात्मक भूमिका खेल्ने उनले उल्लेख गरे ।

विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले लगानीकर्तालाई लगानीको वातावरण सुरक्षित गर्ने मार्गमा एचआइडिसीएल लाग्नुपर्ने बताए । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले छोटो समयमा नेपालको उर्जा क्षेत्रको विकासमा एचआइडिसीएलले खेलेको भूमिका सराहनीय रहेको बताए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० नेपालका अध्यक्ष गणेश कार्कीले उत्पादनसँगै प्रसारण लाइनको क्षेत्रमा एचआइडिसीएल लाग्नुपर्नेमा जोड दिए । एचआइडिसीएलका प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापाले जलविद्युत् र सौर्य ऊर्जासँगै नवीकरणीय ऊर्जाको क्षेत्रमा यसले काम गर्दै आएको जानकारी दिए । उनले सरकारले राखेको ऊर्जा विकासको मार्गचित्रलाई कार्यान्वयन गर्न आफू र आफ्नो कम्पनी लाग्ने प्रतिबद्धता जनाए । कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com