ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


abc news

काठमाठौ २७ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ३५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पले पत्रमार्फत क्यानडाबाट अमेरिका आउने सामानहरूमा आउँदो अगस्ट १ देखि ३५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको हो । अमेरिकाले क्यानडाबाट आउने केही सामानहरूमा २५ प्रतिशत कर लगाइसकेको छ ।

क्यानाडा र अमेरिका जुलाई २१ सम्म सम्झौता गर्ने आशामा व्यापारिक वार्तामा संलग्न छन् तर ट्रम्पको पछिल्लो धम्कीले त्यो समयसीमा परिवर्तन गरेको देखिने अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

‘यूएसएमसीए’ भनिने अमेरिका, मेक्सिको र क्यानडालाई एकताबद्ध गर्ने मुक्त व्यापार सम्झौतालाई ट्र्याकमा ल्याउन सकियोस् भन्ने उद्देश्यले क्यानाडा र मेक्सिको दुवैले ट्रम्पलाई सन्तुष्ट पार्ने तरिकाहरू खोज्ने प्रयास गरिरहेका छन् ।

यसैबीच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले नयाँ समयसीमातर्फ अघि बढ्दै गर्दा आफ्नो सरकारले आफ्नो देशका कामदार र व्यवसायहरूको सुरक्षा जारी राख्ने बताउनुभएको छ ।

ट्रम्पले यस हप्ता अन्य अमेरिकी साझेदारहरूलाई २० भन्दा बढी यस्ता पत्रहरू पठाउनुभएको छ । उहाँले युरोपेली सङ्घमा चाँडै नयाँ करहरू घोषणा गर्ने पनि उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com