काठमाठौ २७ असार । काठमाडौँ महानगरपालिकाको नगरसभा आइतबार बोलाइएको छ। आज बसेको कार्यपालिका बैठकमा महानगर प्रमुख बालेन्द्र शाह ९बालेन०ले असार २९ गते दिउँसो २ बजे नगरसभा बस्ने जानकारी दिएका हुन्।
प्रमुख शाहले बिहान ९ बजे कार्यपालिका र दिउँसो २ बजे नगरसभा बस्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्तावमा सबै सदस्यहरूले सहमति जनाए।
काठमाडौँ महानगरपालिकामा काठमाडौँ भ्यूटावर विवादका कारण झण्डै ७ महिनापछि आज कार्यपालिका बैठक बसेको हो।
बिहानै महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भयो। उक्त बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब बजेटको सीमा निर्धारण गरेको छ।
आइतबारको बैठकमा महानगरको नीति तथा कार्यक्रम ९बजेट० प्रस्तुत गरिनेछ। नगरसभामा बैठकमा प्रमुख शाहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेस गर्नेछिन्।








प्रतिक्रिया दिनुहोस्